चैत ३०, काठमाडौं । सोमबार दिउँसोसम्म डिआइजी प्रकाश अर्यालका लागि एआइजी डा. दिनेशचन्द्र पोखरेल संगठन प्रमुख थिए । 

अपराध अनुसन्धान विभागको प्रमुखका रूप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३०, काठमाडौं । सोमबार दिउँसोसम्म डिआइजी प्रकाश अर्यालका लागि एआइजी डा. दिनेशचन्द्र पोखरेल संगठन प्रमुख थिए । 

अपराध अनुसन्धान विभागको प्रमुखका रूप"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दिउँसो जसलाई सलाम गरे बेलुका उनकै सलाम खाए’

३० चैत्र २०७३, बुधबार ०२:३१

चैत ३०, काठमाडौं । सोमबार दिउँसोसम्म डिआइजी प्रकाश अर्यालका लागि एआइजी डा. दिनेशचन्द्र पोखरेल संगठन प्रमुख थिए । 

अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा सलाम गर्दै अर्यालले डा. पोखरेललाई आफ्नो विभागको ब्रिफिङ गर्दथे । तर, बेलुका अर्याल प्रहरी मुख्यालय पुग्दा उनै डा. पोखरेलले अर्याललाई सलाम गरे । साँझ सरकारले अर्याललाई आइजिपी नियुक्त गरेको थियो । जसका कारण अर्याल पोखरेलका हाकिम बनिसकेका थिए । प्रहरी इतिहासमा सम्भवतः पहिलोपटक यस्तो दृश्य देखिएको थियो ।

आइजिपी बढुवाको विवादले यस्तो अवस्था आएको थियो । सरकारको निर्णयलाई अदालतले रद्द गरिदिएपछि प्रहरी अस्पतालका एआइजी पोखरेललाई सरकारले गत २ फागुनदेखि निमित्तको जिम्मेवारी दिँदै आएको थियो । सोमबार सरकारले अर्याललाई आइजिपी बनाएपछि उनी प्रहरी अस्पताल फर्किएका छन् । 

सरकारले जयबहादुर चन्दलाई आइजिपी बनाउने निर्णय गरेकोमा गत ८ चैतमा सर्वाेच्च अदालतले सो निर्णय रद्द गरेको थियो । कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्न सर्वाेच्चले आदेश दिएपछि सरकारले अर्यालको कार्यसम्पादन मूल्यांकन नम्बर धेरै भएको भन्दै उनलाई आइजिपी बनाउने निर्णय गरेको हो ।

चन्द र भण्डारीले साथ दिए सिलवाल अदालत गए

अर्याललाई आइजिपी बनाएपछि डिआइजी नवराज सिलवाल फेरि अदालत गएका छन् । कार्यसम्पादन मूल्यांकन नम्बर सबैभन्दा धेरै आफ्नो भएको दाबी गर्दै उनले मंगलबार सर्वाेच्चमा रिट दायर गरेका हुन् । अन्य दुई डिआइजीले भने अर्याललाई साथ दिएका छन् । यसअघि सरकारले आइजिपी बनाउने निर्णय गरेका जयबहादुर चन्दले अर्यालको बढुवाप्रति सहमति जनाउँदै मिलेर जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अर्यालको निर्देशन कार्यक्रममा सहभागी भई उनी प्रहरीको पोलिसी को–अर्डिनेसन कमिटीको बैठकमा सहभागी भए । ‘चुनावको मुखमा व्यक्तिगत महत्वाकांक्षाका कारण संगठनलाई बन्धक बनाउनुहुँदैन,’ चन्दले नयाँ पत्रिकासँग भने, ‘प्रकाश पनि हाम्रै साथी हुन्, हामी मिलेर संगठनलाई बलियो बनाउनुपर्छ ।’ त्यस्तै, आइजिपी बढुवाका अर्का प्रतिस्पर्धी बमबहादुर भण्डारीले पनि अर्याललाई बधाई दिएका छन्। डिआइजी सिलवाल भने अर्यालले बोलाएको बैठकमा गएनन् ।  -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट