चैत ३१, काठमाडौ | सरकारले राजधानी सहर काठमाडौं उपत्यकामा व्याप्त वायु प्रदूषण न्यूनीकरण गर्न बृहत कार्ययोजना प्रस्ताव गरेको छ ।
स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको एकीकृत कार्ययोजनालाई सरकोकारवाला विभिन्न मन्त्रालयसँगा सहकार्य गरी तत्काल कार्यान्वयनमा लैजाने समझदारी मंगलबारको मन्त्रिपरिषद् बैठकमा भएको छ ।बैठकमा प्रस्तावमाथि लामै छलफल भएको थियो ।
स्वास्थ्यमन्त्री गगन थापाले उपत्यकामा वायु प्रदुषणको समस्या विकराल बन्दै गएको र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेकाले न्यूनीकरणका लागि कार्ययोजना प्रस्ताव गरेको बताए । नेपालको संविधानको धारा ३५ले समेत स्वच्छ वातावरणको हक सुनिश्चित गरिसकेको अवस्थामा वायु प्रदुषणबाट जनस्वास्थ्यमा परेको असर घटाउन यो कार्ययोजना लागू गर्नुपर्ने थापाले बताए।
विकास निर्माणमा नियमित समन्वय
दिनमा कम्तिमा एकपटक सडकको धुलो तान्ने
पिच भत्काएपछि तत्काल ग्राबेल
फोहोर जलाए दण्ड
प्रत्येक शुक्रबार नो भइकल डे
गुणस्तरीय मास्कमा अनुदान
- नागरिक दैनिक