२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तीन सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध

३ बैशाख २०७४, आईतवार ०८:५६

बैशाख ३,सल्यान। जिल्लामा निर्माण गरिएका डेडदर्जन बढी सिँचाइ कुलोबाट तीन सय १९ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको छ । लामो समयदेखि पानीको स्रोत भएर पनि सिँचाइ सुविधाबाट वञ्चित जिल्लाका सात गाविसमा सिँचाइ कुलो निर्माण गरिएपछि बाह्रैमहिना सिँचाइ सेवा उपलब्ध भएको हो । 

जिल्लाका लक्ष्मीपुर, कालीमाटी रामपुर, कालीमाटी कालचे, काप्रेचौर (हाल कालीमाटी गाउँपालिका) कुपिन्डेदह, माझकाँडा (हाल कुपिन्डे वनगाड नगरपालिका र काभ्रा गाविसमा निर्माण गरिएका सिँचाइ कुलोबाट करिब सात सय ६ घरपरिवारका करिब पाँच हजार जनसङ्ख्या लाभान्वित भएका छन् । 

बिएम जेड डब्लु एचएचको रु एक करोड ४० लाख र थप रु ४२ लाखको लागतमा सिँचाइ कुलो निर्माण गरिएको आर आरएन नामक संस्थाका कार्यक्रम संयोजक रत्न केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कालीमाटी काल्चेमा– चार, कालीमाटी रामपुरमा सात, काप्रेचौरमा तीन, काभ्रामा दुई, माझकाँडामा दुई, कुपिन्डेदहमा दुई र लक्ष्मीपुरमा दुई गरी २२ वटा सिँचाइ कुलो निर्माण गरिएको छ । 

पानीको स्रोत हुँदा पनि वर्षौंदेखि सिँचाइ सुविधा उपलब्ध नभएको स्थानमा जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा सिँचाइ कुलो निर्माण गरिएको केसीले जानकारी दिनुभयो । 

“ पानीको स्रोत छ तर पनि कुलो निर्माण नभएपछि सिँचाइ सेवा बाह्रैमहिना पु¥याउन सकिएको थिएन कुलो निर्माण भएपछि अब सिँचाइको समस्या झेल्नुपर्ने छैन ।” कार्यक्रम संयोजक केसीले भन्नुभयो । आफूहरुले सिँचाइ कुलो निर्माणका लागि जिल्ला विकास समितिलगायतका कार्यालयमा वर्षांै धाएर पनि कसैले सहयोग नगरेको कालीमाटी रामपुरका कुलप्रसाद भण्डारीले बताउनुभयो । “सिँचाइ कुलोको समस्या भएको देख्ने धेरै भए तर जति भने पनि उनीहरुले हाम्रा कुरा कहिले नि सुनेन अहिले आर आरएनले कुलो निर्माण गरेपछि हामी खुसी भएका छौ ।” कृषक भण्डारीले भन्नुभयो । 

सिँचाइका लागि कुलो मात्र नभएर पाइप तथा लिफ्ट प्रणालीबाट सिँचाइ उपलब्ध गराउने प्रयास गरेको आर आरएनका ओभरसियर कीर्तिराज बुढाथोकीले जानकारी दिनुभयो । 

“ निगाल्चुलामा सिँचाइको लागि पानीको स्रोत बस्ती भन्दा तल छ त्यसलाई लिफ्ट प्रणालीबाट माथि तानेर बस्तीमा खानेपानी तथा सिँचाइको लागि सर्वेक्षण भइरहेको छ । ” बुढाथोकीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य