दलसिंह गिरी/बैशाख १५, कालिकोट । जलबायु परिवर्तनको असरका कारण हिजो आज मौसमी बदली भै क्षणभरमै पानी पर्ने क्षणभरमै घाम लाग्ने र क्षणभरमै हावाहुरि चल्ने क्रम झै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख १५, कालिकोट । जलबायु परिवर्तनको असरका कारण हिजो आज मौसमी बदली भै क्षणभरमै पानी पर्ने क्षणभरमै घाम लाग्ने र क्षणभरमै हावाहुरि चल्ने क्रम झै"/>

2026-10-31 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्यबायु परिवर्तनको ज्वारभाटा दलहरुमा


दलसिंह गिरी/बैशाख १५, कालिकोट । जलबायु परिवर्तनको असरका कारण हिजो आज मौसमी बदली भै क्षणभरमै पानी पर्ने क्षणभरमै घाम लाग्ने र क्षणभरमै हावाहुरि चल्ने क्रम झै भएको छ अहिलेको स्थानीय तहको निर्वाचनको चुनाबी सरगम । 

जिल्लामा कृयाशिल नेता तथा कार्यकर्ताहरु दिन दिनै पार्टी परिवर्तन गर्ने परपाटीले त्यस्तै आभास गराएको छ । स्थानीय तहको निर्वाचनमा आफ्नो उम्मेदवारी नपरेपछि विमति जनाउदै पार्टी परित्याग गरी अर्को पार्टीमा जाने क्रमले यस्तै आभास गराएको हो ।

पार्टी परित्याग गरी अर्को पार्टीमा प्रबेश गर्ने नेता तथा कार्य कर्ताहरुमा ठूलो पार्टीको हैसियत जनाउने दलका नेता तथा कार्यकर्ताहरु बढी देखिएका छन् । पार्टी परित्याग र प्रबेश गर्नेमा बढी नेकपा एमाले र माओवादी केन्द्रमा बढी देखिएको छ । 

नेकपा एमाले कालिकोटका प्रभावशाली नेता तथा कर्नाली विकास आयोगका सदस्य कृष्ण प्रसाद आचार्य कालिका गाउ पालिकामा प्रमुखको उम्मेदवारी टिकट नपाएपछि २ दशक देखी एमालेमा क्रियाशिल राजनैतिक छाडेर माओवादी केन्द्रमा प्रबेश गर्नु भएको छ । 

यस्तै समाजवादी जनता पार्टीका जिल्ला अध्यक्ष समेत रहेका खाडाचक्र नगरपालिका वडा नं. ७ का पुत्र बहादुर मल्ल पुरै जिल्ला कमिटि एमालेमा समायित भयो भन्दै केही सदस्य सहित एमालेमा प्रबेश गर्नु भएको छ । 

यसैगरी नेकपा एमालेबाट सान्नी त्रिबेणी गाउपालिकाको अध्यक्ष उम्मेदवारी दिने भन्दै शिक्षक पेशाबाट राजिनामा दिएका शान्नित्रिबेणी गाउपालिका वडा नं. ४ का खेमराज बम अध्यक्ष उम्मेदवारीको टिकेट नपाएपछि एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गर्नु भयो तर त्यसको २ दिन नवित्दै मैले गल्ती गरेभन्दै एमालेमै फर्किएको प्रेसमार्फत जानकारी दिनु भएको छ ।

यसैगरी माओवादी केन्द्रका जिल्ला सदस्य समेत रहेका खाडाचक्र नगरपालिका वडा नं. ५ का सदानन्द चौलागाई माओवादी केन्द्रले आफ्नो क्रियाशिलताको मुल्यांकन नगरेको भन्दै पार्टी परित्याग गरी १ सय ४१ जना माओवादी कार्यकर्ता एमालेमा पर्बेश गरेको प्रबेश कार्यक्रममा एमालेले जनाएकोछ । यसो हेर्दा यि जिल्लातहका नेता तथा कार्यकर्ता नमुना पात्र मात्र देखिन्छन् ।

ग्रामिण भेगमा विभिन्न प्रलोभनमा परि एक पार्टी छाडेर अर्को पार्टीमा जाने चलन दैनिकी जस्तै बनेको छ । 

पछिल्लो चरण पार्टी परित्याग तथा पार्टी प्रबेशको ज्वारभाटाले विगतका निर्वाचनको ठम्यायीका आधारमा कुनै दलको सम्भाब्यता आकलन गर्न सकिने र सबै क्षेत्रमा जनताले चाहेकै जस्तो सक्षम नेतृत्व आउनेमा शंकाको विषय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय