2026-09-26 09:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकजना माओवादी बिरोधिले प्रचण्डलाई लक्षित गर्दै यस्तो लेखे

सरोज मिश्र | म माओबादीको पक्का बिरोधी हुँ । यो समूहले झण्डै एक दशक नेपालमा चलाएको कथित जनयुद्धलाई म बास्तवमै हत्या हिंसाले युक्त आपराधिक कृयाकलाप नै मान्छु । र, त्यसैकारण “प्रचण्ड” उपनाम बोकेका ब्यक्तिलाई म कुनै राजनीतिक प्राणी भन्दा पनि हत्यारा र लुटेरा समूहको नाइके नै मान्दछु । म यी कुराहरू बिना कुनै दुबिधा बेहिचक भन्दैछु । यसका लागि प्रचण्डका अनुयायीहरूका तर्फबाट हुन सक्ने कुनै पनि प्रकारको प्रहार खप्न तयार छुं ।

तर, म आज “प्रचण्ड” का बारेमा होइन, ४ बजे देशबासीलाई संबोधन गर्दै पदत्याग गर्नलागेका प्रधानमन्त्री पुष्पकमल दाहालका वारेमा कुरा गर्दैछु । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहालको यो कार्यकालको मुल्यांकन गर्नु पर्दा म उनलाई अब्बल नम्बर दिन चाहन्छु । बास्तबमै मलाई एक आतंककारी बिस्तारै कुटिल राजनीतिज्ञ अनि एक राजनेतामा परिवर्तन भएको अनुभुति भइरहेको छ । उनले सत्तारोहण गर्दा अवस्था सजिलो थिएन। शुन्यमा विशाल महल खडा गर्ने सपनाका ब्यापारीको लक्षित समूह (सोझा जनता) सामूको ब्यक्तित्व मार्केटिङ चरमबिन्दूमा थियो । पुष्पकमलको बिगतलाई हेर्दा पनि उनीबाट त्यो ग्लोबयल्स शैलीको प्रचारतन्त्रलाई तोडेर सफल हुने अपेक्षा कसैले गरेका थिएनन् । देशको एक ठूलो भूभागका बासिन्दा मुलुकको मूलधारबाट पुरै अलग्गिएको थियो । देशको अर्थतन्त्र अत्यन्तै निराशाजनक स्थितिमा थियो र त्यसमाथि “लम्पसारबाद” नकारात्मक बिल्ला अत्यन्तै बलियो रुपमा जवर्जस्त झुण्ड्याइएको थियो । पूरा राष्ट्र अध्यांरोमा डुबेको थियो, कहिलेकाही बिजुलीको प्रकाश देखिँदा माग्नेलाई करोडको चिठ्ठा परेको अनुभव हुन्थ्यो ।

पुष्पकमल दाहालले पदत्याग गरेको यो घडीमा मुलुकमा लोडशेडिङ भन्ने बिषय “एकादेशको कथा” भन्न मिल्ने बनेको छ । कूल ग्राहस्थ्य उत्पादन बृद्धिदर ७.५ प्रतिशत भएको छ । अकल्पनीय रूपमा स्थानीय निर्बाचन सम्पन्न भएको छ, अर्को चरण कसैले रोक्न सक्ने अवस्था छैन । अलग्गिएका देशबासीहरू मूलधारमा लगभग आए भन्दा फरक पर्दैन । “लम्पसारबाद” को आरोप लागेको पुष्पकमल दाहालले भारतलाई पटक्कै नाखुश नबनाई चीनसंग OBOR समझदारी गरेको छ । हेक्का रहोस्, पूर्बबर्ती सरकारका प्रमुखले भए यस्तै सम्झौता त गर्थे होलान् तर अर्को छिमेकीको बिरुद्ध बिषबमन गर्दै “राष्ट्रबादी पानीपुरी” बेच्दथे र त्यो समझदारी कार्यान्वयन गर्न असंभव बनाउंथे ।

सबभन्दा ठूलो कुरो त यी सबै उपलब्धीहरूका पछाडी पुष्पकमल दाहालको समुहगत वा ब्यक्तिगत स्वार्थ खासै देखिएन । आफू हार्ने लगभग निस्चित भएको चुनाव गराएर उनले राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिएका छ्न् । नाकाबन्दीलाई लम्ब्याएर एकातिर जनता माझ “राष्ट्रबाद” को चनाचटपटे बेच्ने र अर्को तिर आफ्ना युवासंघ जस्ता संगठन मार्फत अर्बौँको इन्धन तस्करी गरेर बिपूल धनराशि जम्मा गर्ने अपराध पुष्पकमल दाहालले गरेनन् । जेनेरेटर र इन्भर्टर ब्यापारीको ठूलो प्रलोभनका बावजूद उनले लोडशेडिङ अन्त्य गर्न दिए । यसैकारण पुष्पकमल दाहाललाई “राजनेता” भन्दा मलाई कुनै संकोच हुन्न !

यी प्रसंशाका शब्दहरु खर्चिंदै गर्दा पुष्पकमल दाहालको बिगतको “प्रचण्ड” अपराध पखाल्न उनले अझै मेहनत गर्नु पर्छ भन्न पनि चाहन्छु । हजारौं निर्दोष नागरिकको मृत्युतुल्य पीडा, अबोध बादरमुढेबासीको कष्ट र मुक्तिसरको आततायी मरणको जवाफ यीनले दिनै पर्छ । यीनको उपलब्धीहरुका लागि सत्तासाझेदार दलले पाउनुपर्ने जस पनि म खोस्न चाहन्न । गगन थापा, जनार्दन शर्मा र नबिन्द्रराज जोशी जस्ता सारथीहरूको भूमिका पनि बिर्सन मिल्दैन । निर्बाचनमा समुचित शान्ति सुब्यबस्था कायम भएकोमा बिमलेन्द्र निधि पनि प्रशंसाका हकदार छ्न् ।

पुषकमल दाहालको उत्तराधिकारीले उनको राम्रो कामलाई निरन्तरता दिउन् । “टाट पल्टेको” ससुरालीको स्वार्थमा नअल्मलिउन् । यहि कामना गरौं !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह