२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार संकटः आरोपमा कति सत्यता, अबको बाटोके होला ?

२०७४, २५ जेष्ठ बिहीबार ११:२८


बीबीसी/जेठ २५ , काठमाडौँ । कतारको चर्चा उसको सम्पदा र सम्पत्तिका कारण हुने गर्दछ तर खाडी देशले कूटनीतिक सम्बन्ध समाप्त गरेर कतारलाई अलग्याइएको छ ।

कूटनीतिक सम्बन्ध समाप्त गर्ने देशमा साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहराइन, यमन र लिबिया पर्छन् । साउदी अरब, यूएई, इजिप्ट र बहराइनबाट कतारका लागि हवाई, जमिन र समुन्द्री बाटो बन्द गरिएको छ ।

एकोहोरो रुपमा यी देशले कतारमाथि इस्लामिक स्टेट र चरमपन्थलाई प्रश्रय दिएको भनी आरोप लगाइरहेको छ । यद्यपी, कतारले भने चरमपन्थलाई बढावा दिएको आरोपलाई खण्डन गर्दछ ।

आरोपमा कति सत्यता ?

चरमपन्थलाई बढावा दिएको यी आरोपमा कति सत्यता छ यो प्रश्नको जवाफमा अल जजिराका पूर्व पत्रकार र अहिलेका हिन्दुस्तान टाइम्सका नेशनल अफेयर एडिटर रुबिन बेनर्जी भन्छन्, ‘आरोप लगाउन त निकै सजिलो छ तर के साउदी अरबबाट विभिन्न प्रकारको फन्डिङ हुँदैन । कतारसँग निकै पैसा छ तर ती पैसा अल कायदालाई वा तालिबानलाई गइरहेको छ भन्ने कुरा यकिनका साथ भन्न सकिन्न । प्रतिबन्ध लगाउनुको पछाडि ठूलै राजनीति छ ।’

सम्बन्ध तोड्ने तत्कालीन कारणः

साउदी अरब र अन्य देशले जुन प्रकारकाले कतारसँग कूटनीतिक सम्बन्ध तोडेको छ त्यसको तत्कालीन कारण के रह्यो, चरमपन्थको मुद्दा वा अन्य केही ।

पाकिस्तानमा लाहोर इस्लामी दुनियाँको राजनीति बुझ्ने पत्रकार राशिद हुसेन भन्छन्, ‘तत्कालीन कारण त कतारका शिखको त्यो विवादित मेसेज हो जसमा उनले क्षेत्रमा स्थिरता ल्याउनका लागि इरान निकै आवश्यक भएको बताएका थिए । यद्यपी, कतारले पछि यसमा स्पष्टिकरण दिँदै त्यो उनको आधिकारिक टिप्पणी नभएको बताएका थिए । त्यसपछि ६ मुश्लिम देशले प्रतिबन्ध लगाएर यसको जवाफ दिए ।’

तर कतारसँग इस्लामी दुनियाँका देशले सम्बन्ध तोडेको यो पहिलो घटना भने होइन ।

सन् २०१४ को मार्च महिनामा पनि साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारमाथि उनीहरुको आन्तरिक मामलामा दखल दिएको आरोप लगाउँदै आफ्ना राजदूत फिर्ता बोलाएका थिए ।

जवाहर लाल विश्वविद्यालयमा पश्चिम एशिया मामलाका प्राध्यापक आफताब कमाल पाशा भन्छन्, ‘पहिला अरब र फारसको विवाद थियो, पछि शिया सुन्नी विवाद बन्यो र अब अहिले यस्तो विवाद खडा भयो । कतार पहिलेदेखि नै इरानको समर्थन रहेको छ । इरानसँग साउदी अरबको असुरक्षाको भावना अब सार्वजनिक भइरहेको छ ।’

मुस्लिम देशको गठबन्धनमा फाटोः

अरब देशले यो निर्णय यस्तो समयमा लिएको छ जब खाडी देश र छिमेकी ईरानबिच तनाव बढेको छ । अरब यात्राका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि चरमपन्थको बढावा दिएको आरोप लगाएका थिए ।

यो घटनालाई अमेरिकाको साथी भनिने शक्तिशाली खाडी देशका बिच एक ठूलो फाटोको रुपमा हेरिएको छ ।

राशिद हुसेन भन्छन्, ‘कतारले योभन्दा पहिले पनि प्रतिबन्धको सामना गरिसकेको छ । न त कतार यी देशमा निर्भर छ न नै यी देश कतारमा निर्भर छन् । तर महत्वपूर्ण कुरा के छ भने इरानका विरुद्ध जुन ५४ देशलाई एकटजुट गर्ने कोसिस भइरहेको थियो त्यसमा यो पहिलो फाटो हो ।’

के संकट सुल्झेला ?

इस्लामी देशले कूटनीतिक सम्पर्क तोडेको र समस्त प्रतिबन्धपश्चात् के साँच्चै नै कतार संसारमा एक्लो होला । कतारसँग के विकल्प छ र यो संकटको भविष्य के होला ?

यो प्रश्नको जवाफमा रुबिन बेनर्जी भन्छन्, ‘यो संकट चाँडै नै सुल्झिनुपर्छ किनभने यदि यस्तो भएन वा इरानसँग कतारले राणनीतिक साझेदारी गरे यसले खाडी देशका लागि ठूलै समस्या निम्त्याउँछ । साथै, यदि कतारले चीनसँग साझेदारी गरे अमेरिकाले साउदीसँग मिलेर के गर्ला ?

यद्यपी, कतार र साउदी अरबबिचको यो संकटलाई हल गर्ने प्रयास लगातार जारी छ । कुवेतले यी देशहरुबिच मध्यस्थताको नेतृत्व गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ