२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्युटीपार्लर हिडेकी महिला शौचालयमा..

२०७४, २७ जेष्ठ शनिबार ०१:३५

जेठ २७, दुबई । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । 

घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र हेर्नुपर्ने सोचमा पनि परिवर्तन हुनथालेसँगै रोजगारका लागि स–साना बालबच्चालाई छाडेर बिदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो । रोजगारको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिलाको सङ्ख्या झन्डै तीनसयभन्दा बढी छ । 

कतिले आफ्ना काखेबच्चालाई छोडेर, कतिले आफ्नो अध्ययनलाई पूरा नगरी परिवारको आर्थिक अवस्था सुधार्न अनि कतिले भने आफ्नो सुन्दर भविष्यका लागि परदेश आएको बताउँछन् । सुकिला पोसाक, हँसिलो अनुहार लिएर काममा खटिएका यी महिलालाई देख्दा नेपाली नै हुन् भनेर ठम्याउन मुस्किल पर्छ ।

पार्लरमा काम गर्ने रहरले पाँच महिनाअघि बिदेसिनु भएकी बुटवल मुर्गियाकी निरु परियार एयरपोर्टको सफाइ गर्ने काममा दुबई आउनुभएको थियो । एयरपोर्टको शौचालयमा भेटिनुभएकी हँसिली निरु नेपाली गीत गुनगुनाउँदै सफाइ गर्दै हुनुन्थ्यो । किन बिदेसिनुभएको भनी सोध्दा उहाँले हाँस्दै भन्नुभयो, “दुबई आई ब्युटीपार्लरमा काम गर्ने रहर पहिलेदेखि थियो । त्यसका लागि भिसा लागेन अनि अर्को कामका लागि एकपल्ट छिरेपछि पार्लरतिर जानुपर्ला भनेर आएँ । यो काम अलिअलि गाह्रो छ, पहिला यस्तो गरेको थिइनँ ।”

निरुमात्र होइन परिवार र बच्चाको उज्ज्वल भविष्यको सपना बोकेर छ वर्षअघि दुबई छिर्नुभएकी सङ्गीता पनि सुरुमा यहाँ काम सिक्दाका दुःख बिर्सन नसकिने रहेछ भन्नुहुन्छ। “बाध्यता सबैको उस्तै हो विदेश आउनुपर्ने । बच्चा र परिवारको यादले कति भक्कानो फुट्छ हामीलाई मात्र थाहा छ तर पनि काम गर्नैपर्छ। नत्र पेट पाल्न सकिन्न”, उहाँले भन्नुभयो।

हालैको भ्रमणका क्रममा भेटिनुभएकी उहाँ शरीर पोल्ने, झमझमाउने, टाउको दुख्ने समस्या भए पनि परदेशको ठाउँमा आरामको कुनै गुञ्जायस नभएकाले

दैनिक १२ घन्टा काममा खटिनुभएको थियो । “आराम गरे तलब आउँदैन घर फर्कौँ भने आएको वर्षदिन पुगेको छैन। बिदा पाइँदैन।

ओभरटाइम पनि गर्नैप¥र्याे । धन्य यहाँ भित्रका अरू नेपाली दिदीबहिनीले सहयोग गर्छन्, ३६ वर्षीया सङ्गीताले बाध्यता सुनाउनुभयो।

अबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टमा सानोदेखि ठूलो पदमा रही काम गर्ने महिलाको सङ्ख्या झन्डै तीन सयको हाराहारीमा रहेको बताइन्छ । नाम नलेख्नू है भन्दै हेटौँडाका ३० वर्षीय एक नेपाली युवाले पुरुषको तुलनामा एयरपोर्टमा महिला कामदारको सङ्ख्या बढी रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “एयरपोर्ट बाहिर त पुरुषकै सङ्ख्या बढी छ यहाँ नेपाली पुरुष २५० जना छन् तर महिला त्यसभन्दा बढी छन् ।’’ यहाँ काम गर्ने नेपालीहरू आपसमा नेपाली भाषामै आफ्ना समस्या साटासाट गर्छन्। कोही नेपालीजस्तो लागेमा सोधीखोजी गर्छन्। यहाँ काम गर्ने महिला कामदारलाई बाहिरी व्यक्तिसँग बोल्ने अनुमति छैन अझ खासगरी सुरक्षाकर्मीहरूसँग । यो कुरा सुनाउन पनि ती महिलाले बाथरुमभित्र लगेका थिए।

दुबईमा रोजगारका लागि आउने नेपाली सबै कम पढेका वा गाउँका व्यक्तिमात्र हुन्छन् भन्ने भ्रम पनि अबुधाबी एयरपोर्टमा कार्यरत क्यासियर मेरिना प्रधानलाई भेटेपछि टुट्छ । कुनै नायिकाभन्दा कम नलाग्ने प्रधानले एयरपोर्टमा समस्या परेका त्यहाँ कार्यरत रहेक नेपाली चेलीको ख्याल पनि उत्तिकै राख्नुहुन्छ। को बिरामी छ, कसलाई समस्या परेको छ, को परिवारलाई सम्झेर दुःखी छ सबै जानकारी उहासँग छ । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ