२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्न निर्देशन

२०७४, २९ जेष्ठ सोमबार ०९:५२

जेठ २९, काठमाडौँ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बंैकलाई निर्देशन दिएको छ । 

समितिको सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सबै स्थानीय तहमा बंैक नहुँदा खाता खोल्नसमेत नसकिएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो । सात सय ४४ स्थानीय तहमध्ये हाल ३९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । 

स्थानीय तहले सम्पादन गर्ने काममा एकरुपता ल्याउने, स्रोत/खर्च तथा कर्मचारी व्यवस्थापन, हालसम्म भएका प्रगति र प्रारम्भिक चरणमा देखापरेका समस्याका विषयमा समितिले तीन महानगरपालिकाका निर्वाचित प्रमुखलगायत सरोकारवाला निकायसँग आज छलफल ग¥यो । 

संवैधानिक रुपमा स्थानीय तहलाई दिइएका काम, कर्तव्य र अधिकार कार्यान्वयन गराउन आवश्यक खर्चको व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । स्थानीय तहको क्षमता विकासका लागि प्रशिक्षणको व्यवस्था गर्न, स्पष्ट मापदण्डका आधारमा कर्मचारी नियुक्त गर्न पनि समितिले निर्देशन दिएको छ । 

समितिका सभापति रवीन्द्र अधिकारीले संविधानमा व्यवस्था भएअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारका सूचीको खाका तयार पार्न सरकार, राष्ट्रिय योजना आयोग र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिनुभयो । 

“नगर विकास समितिलाई खारेज गरी सम्बन्धित स्थानीय तहमा समायोजन गर्न यसअघि पनि समिति बैठकले निर्देशन दिएको थियो, अहिलेसम्म त्यो निर्देशन कार्यान्वयन नभएकाले फेरि निर्देश गरिएको छ” – उहाँले भन्नुभयो । 

बैठकमा सांसदहरु गणेशसिंह ठगुन्ना, सीता गिरी, मोहन बानियाँ, अनिता देवकोटा र गुरुप्रसाद बुर्लाकोटीले स्थानीय तहमा कर्मचारी, स्रोत, साधनको पर्याप्त व्यवस्था हुनुपर्ने माग गर्नुभयो । 

मुख्यसचिव डा सोमलाल सुवेदीले स्थानीय तहलाई दिइएका अधिकार कार्यान्वयन हुन नसके अन्य देशका अनुभवका आधारमा पनि अधिकार फर्कन सक्ने खतरा भएकाले सतर्क हुनुपर्ने बताउनुभयो । 

“विकास निर्माणसँग सम्बन्धित मन्त्रालयले स्थानीय तहमा प्राविधिक कर्मचारी नपठाउँदा समस्या भएको छ, ती मन्त्रालयमा आर्थिक वर्ष २०५१÷२०५२ पछि दरबन्दी नथपिएकाले पठाउन नसकिने जवाफ आएको छ” – उहाँले भन्नुभयो । 

स्थानीय तहको निर्माणपछि १४ खुड्किला (स्टेप) पार गरी बन्ने गरेका योजना अब सात खुड्किलामा बन्ने व्यवस्था गरिएको मुख्यसचिव सुवेदीले बताउनुभयो । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय शासन ऐन व्यवस्थापिका–संसद्बाट पारित नभएकाले तह सञ्चालनका लागि आदेश जारी गरिएको बताउनुभयो । 

“आदेशमार्फत जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार स्पष्ट पारिएको छ, संविधानअनुसार १३ वटा निकायका काम स्थानीय तहबाटै हुने भएपछि जिल्ला समन्वय समितिमा पनि अहिले भएजति कर्मचारी रहँदैनन्, कर्मचारीलाई गाउँपालिका र नगरपालिकामा खटाउन छिट्टै निर्देशन दिने तयारीमा छौँ” – उहाँले भन्नुभयो । 

हालसम्म ३८ स्थानीय तहमा लेखाका कर्मचारी नपुगेकाले खाता खोल्ने कामसमेत हुन नसकेको गुनासो प्राप्त भएको सचिव थपलियाले सुनाउनुभयो । असार ६ गतेदेखि स्थानीय तहको योजना निर्माण प्रक्रिया सुरु गरेर २६ गते सबै स्थानीय तहको बजेट प्रस्तुत गर्ने समय तोकिएको मन्त्रालयले जनाएको छ । 

केही गाउँपालिकाले मासिक रु एक लाख ५० हजार भाडा तिर्ने गरी गाडी भाडामा लिएको सूचनासमेत पाइएको सचिव थपलियाले बताउनुभयो । असार २५ गते अघि नै सबै स्थानीय तहमा सुशासन र सदाचार प्रवद्र्धन रणनीति पठाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । 

अर्थ मन्त्रालयका सचिव डा शान्तराज सुवेदीले १३ वटा निकायका काम अब स्थानीय तहबाटै हुने व्यवस्था गरिएकाले बजेट स्थानीय तहमै पठाइएको बताउनुभयो । 

“स्थानीय स्तरको सरकार स्थानीय तह नै भएकाले अब त्यहाँ पनि सञ्चित कोष हुन्छ, सबै तहमा ‘क’ वर्गको वाणिज्य बंैक खोली त्यहीँ खाता खोल्ने व्यवस्था हुन्छ”–उहाँले भन्नुभयो । 

सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सबै तहमा आवश्यकता अनुसार कर्मचारी पठाउने तयारी भइरहेको बताउनुभयो । बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले स्थानीय तहलाई लामोसमय आदेशका भरमा नचलाउन छिटै ऐन पारित गरिनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ