2026-09-28 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन

2026-06-27

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन्। अध्यक्ष ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई भेटेर शुक्रबार निवेदन दर्ता गराएका हुन्।

निवेदनमार्फत ओलीले गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन, निर्णय र सम्बन्धित सबै कागजात उपलब्ध गराउन माग गरेका छन्। साथै, आयोगले लिएका बयान तथा अन्य प्रमाणहरूको प्रतिलिपि पनि उपलब्ध गराउन आग्रह गरिएको छ। आयोगले संविधान र कानूनविपरीत कारबाही सिफारिस गरेको र त्यसबाट आफू प्रत्यक्ष प्रभावित भएको ओलीको दाबी छ। निर्णय कसरी र कुन आधारमा गरिएको हो भन्ने जानकारी पाउनु आफ्नो अधिकार भएको उनले निवेदनमा उल्लेख गरेका छन्।

उनले आयोगले औपचारिक रूपमा जानकारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आवश्यक कागजात उपलब्ध गराउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित