७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा निकट विद्यार्थीद्वारा उपत्यकाका निजी विद्यालय बन्द

१३ असार २०७४, मंगलवार ०३:५१

असार १३, काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज काठमाडौँ उपत्यकाका निजी (संस्थागत) विद्यालयमा हड्ताल गरेको छ । 

हडतालका कारण ती विद्यालयमा पठनपाठन प्रभावित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले वार्ता र संवाद नगरी जानकारीबिना विद्यालय बन्द गराएकोमा चिन्ता प्रकट गर्दै यस्ता व्यवहारबाट समस्या समाधानमा सहयोग नपुग्ने बताउनुभयो । 

अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य जिपी चौलागाईंले शुल्क निर्धारण मापदण्डको उल्लङ्घन गरी शुल्क लिइएकोमा आन्दोलन गरिएको बताउनुभयो । सो सङ्गठनले गत सातादेखि उपत्यकाका ३३ विद्यालयका लेखा शाखामा तालाबन्दी जारी राखेको छ । 

शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनबीच गत जेठ १५ मा भएको सहमतिअनुसार १५ दिनभित्र तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट अभिभावकलाई त्यस्तो शुल्क फिर्ता गराउने सहमति भएको थियो । निजी विद्यालय सञ्चालकले भने उक्त सहमति एकतर्फी भएको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी