२३ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध

१९ पुष २०८१, शुक्रबार १७:३७

काठमाडौँ | डा अनन्त अधिकारी | बालगायक सचिन परियारको निधनको खबरले दुई दिनदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जाल छपक्कै पारेको छ। उनले १३ वर्षसम्म जिएको जीवन र भएको असामयिक निधनलाई लिएर अनेक खालका टिकाटिप्पणी जारी छन्।

स्वास्थ्यको दृष्टिबाट हेर्दा उनी फरक प्रकृतिको मानसिक र भौतिक विकासक्रमबाट गुज्रिएका बालक भएको देखिन्छ। उपचारमा संलग्न चिकित्सकले सार्वजनिक सञ्चारमाध्यममा बताएअनुसार उनी स्नायुसँग सम्बन्धित समस्याबाट पिडित थिए।

छोटो समयमा अत्याधिक चर्चा पाएका कारण उनको मृत्यु धेरैका लागि ‘मसला’ बनेको छ। उपचारको सिलसिलामा मृत्यु भएका यी बालकको अवसान जति दु:खद् छ, त्यति नै दु:खद् उनी र उनको परिवारमाथि गरिएका अनेकन् टिप्पणी छन्। समाजमा विवेकहीनता र स्वार्थीपन बढ्दै गएका कारण उनी जीवित हुँदा पनि स्वभाविक जीवन बाँच्न पाएनन्।

उनी दुनियाँका सामु ‘रमाइलो’ पात्र बने। उनको स्वास्थ्यबारे उपलब्ध समस्या केलाउँदा आफू भने स्नायु सम्बन्धी समस्याको ‘दु:ख’ लिएर जन्मेका थिए। त्यससँगै हुर्किए। आमजनले त्यस्तो प्रतिभावान र टाठो मान्छे कसरी जन्मदेखि नै बिरामी हुनसक्छ भनेर समेत प्रश्न गर्न सक्छन्। यस्तो खालका बच्चामा त्यस्तै खालको प्रतिभा किन हुन्छ भन्ने बारेमा हामी तल उल्लेख गर्नेछौं।

चिकित्सा बिज्ञानको एउटा बिधा एम्ब्रायोप्याथोलोजीले विश्वका २ देखि ४ प्रतिशत बच्चाहरु स्नायु बिकासको समस्या लिएर जन्मिने गरेको तथ्य स्वीकारेको छ। बाह्य वातावरण, पोषणको स्थिति, कीटाणुको संक्रमण आदि कारणहरूले उनीहरूको शारिरीक तथा मानसिक विकासमा थप जटिलता उत्पन्न गराउने गर्दछ।

विशेषगरी मस्तिष्क तथा समग्र स्नायु प्रणालीको विकासमा समस्या देखिएका केही सिन्ड्रमिक बच्चाहरूको कुनै-कुनै पक्ष अलि फरक रुपमा तेजिलो भएर विकास भएको पाइन्छ। बिरलै देखिने यस्तो अवस्थामा प्राय: स्मरण शक्ति, कला र संगीतमा उनीहरुको रुचि र क्षमता देखिन्छ।

मनोचिकित्साको भाषामा यस अवस्थालाई ‘स्याभन्ट सिन्ड्रम’ भनिन्छ। त्यस्तो अवस्थामा उनीहरुको शारीरिक तथा मानसिक विकासक्रम हेरेर उचित स्वास्थ्य उपचार र हेरचाह गर्नुपर्छ। तर, अहिले यस्तो अवस्थालाई भाइरल बनाउने होडबाजीमा आजको समाज लागेको देखिन्छ। भाइरल बनाएर अनावश्यक रूपमा सामाजिक सन्जालमा पस्केर बालबालिकाको दुरुपयोग गर्ने गरिएको छ। यदाकदा जानेर/नजानेर अबोध बच्चाको जन्मजात अवस्थालाई अविभावकद्वारा नै देवत्वकरण गरिने अनि अझै झुन्ड नै तयार गरेर लाभ उठाउने प्रचलन बढेको छ। उनीहरुको अवस्थालाई लिएर आफ्नो फाइदाको रोटी सेक्ने गरेको समेत पाइन्छ। यस्ता क्रियाक्लापममा कहिलेकाहिँ उच्च तहकै नेतृत्वको संलग्नता पाइने गरेको छ।

यस्तो समस्यासहित जन्मिएका बालबालिकामा ‘भाइरल’ बनाउने गतिविधिले मस्तिष्कमा झन् नराम्रो असर पर्न जान्छ। अनावस्यक रूपमा सार्बजनिकीकरण गरिनाले उनीहरूमा संक्रामक रोगले आक्रमण गर्ने गर्छ । त्यसपछि कम उमेरमै मृत्यु हुने जोखिम बढी हुने गर्छ।

आफ्नो कोख, परीवार अनि समाजमा देखिएका यस्ता फरक प्रकृतिका बच्चाहरूलाई भाइरल बनाउने होइन, उपचारका लागि सहजिकरण गर्ने गर्नुपर्छ। यसखालको ज्ञान नहुँदा बालबालिका झन् पीडित भएको पाइन्छ। हालै अवसान भएका बालगायकले पनि त्यही भोगेका हुन्।

यस्ता बिरामीको समयमै उचित पहिचान, स्वास्थोपचार अनि उनीहरूको उमेर, संज्ञानात्मक विकासको अवस्था तथा क्षमता अनुरुपको सिप र शिक्षामा जोड दिनुपर्छ। उनीहरुको अधिकतम रूपमा सहज जीवनको प्रत्याभूत गरिनु पर्छ। कुनैपनि अर्थमा यस्ता बालबालिकाहरूको फरक क्षमता अनि अनौठोपनको गलत फाइदा उठाउने क्रियाक्लाप गर्नुहुँदैन। त्यसो गर्नु भनर्को बालबालिका बिरुद्ध अपराध गर्नु जत्तिकै हो। समाजमा मौलाउदै गरेको यो प्रवृत्तिलाई निरुत्साहित गरिनु पर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका नगर उपसभापति एमाले प्रवेश तेस्रो लिङ्गीको अन्तिम संस्कार: कसैले नदेख्ने गरी राती गरिन्छ, शवलाई जुत्ताले हिर्काइन्छ! धनुषपछि नयनताराविरूद्ध ‘चन्द्रमुखी’ टिमले पनि पठायो लिगल नोटिस भूकम्पले ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित, कहाँ-कहाँ भयो क्षति? भारतमा बढ्दै एचएमपीभी संक्रमण, चार राज्यमा फैलियो आजको ठूलो भूकम्पपछि ४ म्याग्निच्युडभन्दा माथिका १० वटा पराकम्प गइसकेको छ : भूकम्पविद् लोकविजय भूकम्प: बारामा ११ विद्यार्थी बेहोस, काठमाडौंमा एक जनाले छतबाट हाम फाले ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ तिब्बतमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, कयौं घरमा क्षति ७ मेग्निच्युडको भुकम्पको धक्का, अधिकांश घरबाट निस्किए जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ