२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली भुमि लिपुलेकमा भारतले बनायो दुई किलोमिटर लामो पदमार्ग

१८ श्रावण २०७४, बुधबार ०८:२०


लोकेन्द्र प्रशाद जोशी/साउन १८, दार्चुला । नेपालले दावी गर्दै आएको भुमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले पदमार्ग बनाएको छ । भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पर्यटकीय पदमार्ग निर्माण गरेको हो ।

लिपुलेक क्षेत्रमा दुई किलोमिटरसम्म पदमार्ग बनाएपछि कैलास पर्वतको दर्शन गर्न सजिलो भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर पबित्र धार्मीक स्थल कैलासमानसरोबर नेपाल भारत र चिनको त्रिदेशीय सिमा नजीक पर्दछ । 

उक्त क्षेत्रमा नेपाल, भारत र चिन तिनै देशको भुमि प्रयोग गरेर पुग्न सकिन्छ । तर नेपाली बाटो असुरक्षीत हुदा नेपाली भक्तजनहरु दार्चुला सदरमुकामबाट भारत हुदै कैलासमानसरोबरको दर्शन गर्न जाने गरेका छन ।

दुई वर्ष लगाएर निर्माण गरिएको उक्त पदमार्ग निर्माण गर्न भारत सरकारले लोक निर्माण विभागबाट १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको २८ जुलाइमा प्रकाशित उत्तराखण्डको प्रमुख पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ । पत्रिकाका अनुसार उक्त पदमार्गबाट सजिलै कैशाल पर्वतको दृष्यावलोकन गर्न सकिन्छ ।

नेपालले आफ्नो भूमिका रुपमा दावी गर्दै आएको उक्त क्षेत्रबाट आफूहरुले तिब्बतसँग व्यापार गरेको महाकाली नगरपालिका वडा नम्बर १ का ८८ वर्षिय धनसिह धामीले बताउँनुभयो । भेडाच्याङ्ग्रा र घोडाखच्चरमा समान लिएर तिब्बतसँग व्यापार गर्ने उक्त बाटोमै भारतीय पक्षले पदमार्ग बनाएको हो ।

सितापुलबाट उत्तरतिर नेपालीहरुलाई भरियाबाहेक अन्यरुपमा प्रवेश गर्न भारतीय पक्षले रोक लगाएको छ । अहिले सितापुल तरेर नेपालको छाङ्रुतिंकर हुँदै ताक्लाकोटसम्म भारतीयहरु निर्वाध आवतजावत गर्ने गरेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष संकरसिह धामीले बताउनुभयो ।


‘भातरको यस्तो कार्यले उसले लिपुलेक सुरक्षाका दृष्टिकोणले मात्रै कब्जा नगरी पर्यटकीय सम्भावनालाई बिस्तार गर्न पनि भारतले लिपुलेक क्षेत्र कब्जा गरेको प्रष्ट भएको भन्दै स्थानियहरुले बिरोध गरेका छन ।

राष्ट्रियताको रक्षार्थ बर्षैादेखी पीडामा रहेको लीपुलेकमा राष्ट्रियताका चर्काचर्का नाराहरु लगाउँने नेता र राजनीतिक दलहरुको खासै चासो पुग्न सकेको छैन । बिद्यार्थी नेता देखी राजनीतिक दलहरुले आफ्नो चुनाबि नारा बनाउँने तर सिमाको रक्षार्थ पहल गर्न नसक्दा नेपाली भुमि नै अतिक्रमणको चपेटामा पर्ने खतरा बढ्दै गएको छ ।

यस क्षेत्रका स्थानियहरु बिना बर्दीको सैनिकका रुपमा राष्ट्रियताको रक्षार्थ तैनाथ भएपनि उनिहरुले सिमामै बसेका कारण बिभिन्न समस्याहरु भोग्नुपरीरहेको छ । स्थानियहरु बर्षैादेखी आफ्नो देशबाट पुग्ने बाटोसम्म नहुदा मनभरी पिडा र आफोसको भारि बोक्दै भारतियहरुको हेपाहा प्रबृतिको सामु झुकेर आफ्नो गृहक्षेत्र पुग्ने गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य