2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो हप्तामा कति कमायो ‘छक्कापञ्जा ५’ ले?

काठमाडौँ  | ‘छक्कापञ्जा ५’ ले प्रदर्शनको दुई हप्तामै आक्रामक कमाइ गर्दै सफलता हासिल गरेको छ। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सार्वजनिक गरेको रिपोर्ट अनुसार, दीपाश्री निरौला निर्देशित यस फिल्मले १४ दिनमा १७ करोड ६० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।

वितरक मनोज राठीका अनुसार, काठमाडौं र मोफसल दुवै क्षेत्रमा फिल्मको कमाइ लगभग समान रहेको छ। उनले तेस्रो सप्ताहन्तमा १ करोड ३० लाखदेखि डेढ करोडसम्मको ग्रस कमाइको प्रक्षेपण गरेका छन्। राठीले भने, “तिहारको सबै बिदा जोड्दा फिल्मले २० करोडको आँकडा पार गर्ने अनुमान गरेका छौं।”

राठीले नेपाली बक्स अफिसमा हाल प्रदर्शनको तयारीमा रहेका विदेशी फिल्महरू ‘भेनम: द लास्ट डान्स’ र ‘कलिंगा’ ले खासै असर नगर्ने विश्वास व्यक्त गरे। “विदेशी फिल्महरूका आफ्नै दर्शक हुन्छन्, यसपटकको तिहार पनि नेपाली फिल्ममय हुनेछ,” उनले भने।

यसैबीच, विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ले आधिकारिक रूपमा आफ्नो कमाइ सार्वजनिक नगरे पनि १४ दिनसम्म यसको ग्रस कमाइ १८ देखि १९ करोड रुपैयाँसम्म हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई