२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुनसरीका नौजना किसान पुरस्कृत

२०७४, २० श्रावण शुक्रबार ०४:२३

साउन २०, इनरुवा । सुनसरी जिल्लाका नौजना किसान पुरस्कृत भएका छन् । जिल्लामा उत्कृष्ट रुपमा पशुपालन गरेको र घाँसको बीउ उत्कृष्ट उत्पादन गरेको भन्दै नौजना किसानलाई पुरस्कृत गरिएको हो । 

जिल्ला पशुसेवा कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा बिहीबार एक कार्यक्रमको आयोजना गरेर किसानलाई पुरस्कृत गरेको कार्यालयका रामप्रसाद मेहताले जानकारी दिनुभयो । 

कार्यालयले गाईपालनतर्फ मातृभूमि एग्रिकल्चर एण्ड फार्मिङका बिष्णुकुमार सुनुवार, भैँसीपालनतर्फ शुभप्रभात पशुपालन कृषि फार्म बराह नगरपालिका–८ का खड्गबहादुर बिष्ट, बाख्रापालनतर्फ बी एण्ड बी एग्रिकल्चर, रामधुनी नगरपालिका–४ का जगबहादुर राउत, बँगुरपालनतर्फ भवानी बँगुर फार्म इटहरी–१९ का बमबहादुर गिरीलाई पुरस्कृत गरिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो । 

त्यसैगरी, टर्की पालनतर्फ दुर्लभ पोल्ट्री फार्म, बराह नगरपालिका–१० का अर्जुन अधिकारी, बहुभाषिक घाँस उत्पादनतर्फ ठूले मोहर कृषि फार्म, रामधुनी नगरपालिका–८ का कोपिला कार्की, हिउँदे घाँस उत्पादनतर्फ कुशवाहा खाद्यबिज भण्डार तथा मिलन गौ फार्मलाई, कन्ट्याक्ट फार्मिङतर्फ इनरुवा–२ का नरेश मेहता र हिउदे घाँसतर्फ पशुपालन तथा घाँस उत्पादन समूह इनरुवा–२ लाई पुरस्कृत गरेको कार्यालय प्रमुख महतोले जानकारी दिनुभयो । 

पुरस्कृत भएका सबै किसानलाई नगद रु दश हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको आयोजकले जनाएका छन् । पुरस्कृत भएकालाई कार्यक्रमका प्रमुख अतिथि तथा सांसद सीताराम मेहता, इनरुवा नगरपालिका प्रमुख राजन मेहता लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ