३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव

२४ बैशाख २०८२, बुधबार १२:५५

काठमाडौँ | आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा (एमाले)को शीर्ष तहमा छलफल भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीका शीर्ष नेताहरुबीच बजेटका विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । “पार्टी अध्यक्ष एवं प्रधानमन्त्री बाहेक सबै सचिवालयका सदस्यहरु बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा बजेटलाई जनमुखी बनाउने विषयमा छलफल भयो ”, उहाँले भन्नुभयो, “बजेटले उत्पादन र जनताका समस्या समाधान केन्द्रित हुनुपर्ने नेताहरुले सुझाव दिनुभएको थियो ।”

उहाँले यसअघि यही वैशाख २१ गते बसेको सचिवालय बैठकमा सबै सचिवालयका सदस्यहरुले समय अभावका कारण सुझाव दिन नसकेपछि आज बजेटबारे छलफल गर्नुभएको बताउनुभयो ।

कार्यालय सचिव डा अधिकारीका अनुसार कृषि, उद्योग, विकास निर्माणको साथै मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव नेताहरुले दिनुभएको थियो । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य र गुरु बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, छविलाल विश्वकर्मा, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ र पद्मा अर्याल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली