३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा विशेष समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२४ बैशाख २०८२, बुधबार १३:४७

काठमाडौँ | सांसदहरुले खेलकुद क्षेत्रको विकास, कृषि उत्पादन प्रवद्र्धन तथा दक्षिण एसियाली मुलुकमा विकसित भइरहेको तनावलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले सप्तरीको राजविराजस्थित रङ्गशालाको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न सरकारसमक्ष माग गर्नुभयो । उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्न ७० जिल्ला अगाडि रहेको भन्दै राजविराजभित्रै एक क्रिकेट अनुसन्धान केन्द्र स्थापना गर्न सरकारसमक्ष माग गर्नुभयो ।

जनमत पार्टीका सांसद अबदुल खानले बर्दिया जिल्लामा मानव र वन्यजन्तुवीचको द्वन्द्वले प्रत्येक महिना मानिसको मृत्यु र घाइते भएकाले यस विषयमा सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालभरिमा नै कृष्णसार क्षेत्र बर्दियामा मात्रै भएकाले यसको संरक्षणमा सरकार लाग्नुपर्ने जनाउँदै बर्दिया जनताको लागि भेन्टिलेटर सहितको अस्पताल, यातायातको व्यवस्था, कृषकको समस्यालगायतको व्यवस्थापनको लागि आवश्यक बजेट छुट्याउनुपर्ने माग गर्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रेखा यादवले कृषि प्रधान मुलुक नेपालमा कृषि उत्पादन प्रवद्र्धन र विषादीरहित उत्पादनको सुनिश्चितताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले आयातित कृषिउपजको गुणस्तर परीक्षणको व्यवस्था गर्न पनि माग गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपाल सुरुदेखि नै असंलग्न परराष्ट्र नीतिको अवलम्बन गर्दै आएको र बदलिँदो परिस्थितिमा आतङ्कवादको विरुद्ध सहकार्यको नीति अवलम्बन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले आतङ्कवाद विरुद्धको सहकार्यको नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली