2026-10-07 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लहानमा धमाधम ‘ओभरपास’ निर्माणको काम हुँदै

काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा ‘ओभरपास’ निर्माण भइरहेको छ । ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले आगामी डिसेम्बर ३१ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको जनाएको छ ।
हालसम्म ‘ओभरपास’ निर्माणका लागि २६ मध्ये १४ पायल (पाइल) जमिनको सतहमा राख्ने काम सकिएको कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा) तर्फका प्राविधिक शाखाका सूचना अधिकारी तथा इञ्जिनियर सरोज कोइरालाले बताउनुभयो ।
“निर्धारित समयमा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित आवश्यक उपकरणसहित बिहानदेखि रातिसम्मै काम भइरहेको छ”, उहाँले भन्नुभयो, “ओभरपासको कुल लम्बाइ ५५० मिटर हुने छभने यसको ‘ग्राउन्ड क्लियरेन्स’ छ मिटर हुनेछ । अन्तरराष्ट्रिय मापदण्डअनुसार यस ‘ओभरपास’ उचाइ छ मिटरको हुनेछ ।”
मिर्चैया चोकमा पनि ‘ओभरपास’ निर्माण सुरु गरिएको छभने यो सडकखण्डअन्तर्गत लहानमा पाँचवटा ‘अन्डरपास’ निर्माणसम्पन्न भएको छ । तर, विवादका कारण गोलबजारमा निर्माण गरिनुपर्ने दुईवटा ‘अन्डरपास’ निर्माण अझै सुरु हुन नसकेको इन्जिनियर कोइरालाको भनाइ छ ।
निर्माण कम्पनीले सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर सडक मध्यपश्चिम खण्ड (सिरहा) तर्फ बलान नदीदेखि कमलासम्म ४७ किलोमिटर सडके साढे ६२ प्रतिशत निर्माण प्रगति पूरा भएको र पूर्व खण्ड कञ्चनपुरदेखि कुशहवा (सप्तरी)तर्फ ३९ किलोमिटर सडकमध्ये ५७ प्रतिशत निर्माण प्रगति पूरा भएको जनाएको छ । आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रहेको छ ।
सन् २०२० अक्टोबर २९ देखि तीन वर्षभित्र निर्माणसम्पन्न गरिसक्ने गरी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पहिलोपटक म्याद थप गरी २०२४ डिसेम्बर २८ सम्म पु¥याइएको थियो । तर, थपिएको समयमा पनि निर्माणसम्पन्न नभएपछि अन्तिम पटकलाई भन्दै पुनः २०२५ डिसेम्बर ३१ सम्म म्याद थप गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए