2026-10-07 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

शैक्षिक गुणस्तरमा सुधार गर्न खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त

काठमाडौँ । सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न जनप्रतिनिधिलाई विद्यालय व्यस्थापन समितिका अध्यक्ष नियुक्त र खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त गरेको दुई वर्षमा गरेको छ ।
नगरपालिकाले आयोजना गरेको दुई दिने सामुदायिक विद्यालयको अध्यक्ष र प्रधानाध्यापकको समिक्षात्मक गोष्ठीमा नगरपालिकाभित्र रहेका २७ सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर र विद्यार्थी सङ्ख्या वृद्धिमा व्यापक वृद्धि गरेको निष्कर्ष आज सम्पन्न गोष्ठीले निकालेको हो ।
समीक्षामा २७  विद्यालयका प्रधानाध्यापकहरुले प्रस्तुत गर्नुभएको विद्यालयको प्रगति र शिक्षा मन्त्रालय अन्तरगतका विज्ञहरुले गरेको मूल्याङ्कनको आधारमा नगरपालिकाले सुरु गरेको जनप्रतिनिधिलाई अध्यक्ष र खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तले विद्यालय शिक्षा सिकाइमासमेत सुधार भएको निष्कर्ष निकालेको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले शैक्षिक गुणस्तर वृद्धि गर्दै शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय र योग्य व्यक्तिलाई प्रधानाध्यापक बनाउनुपर्छ भन्ने मान्यतालाई निर्णय गरेको दुई वर्षमै व्यापक शैक्षिक गुणस्तमा वृद्धि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्दै स्थानीय सबै बालबालिका सामुदायिक विद्यालयमा आउँन सक्ने वातावरण बनाउनुपर्छ, त्यसका लागि के कति बजट चाहिन्छ भन्नुस् हामी दिन्छौँ, बजेट हाम्रो शैक्षिक गुणस्तर तपाईहरुको ।”
कार्यक्रममा उपप्रमुख सरिता तिमल्सिना भट्टराईले विद्यालयलाई सुधार भएको नतिजा परीक्षाफलमा पनि देखिनुपर्ने बताउँदै शैक्षिक सुधारमा सबैभन्दा ठूलो भूमिका प्रधानाध्यापको नै भएकाले आमनागरिकमा नतिजा देखिने गरी काम गर्नुपर्ने बताउनभयो ।
खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछिको पछिल्लो दुई वर्षमा आएको सुधारले नगरपालिकाले गरेको नौलो अभ्यास सफल भए पनि विज्ञले दिनुभएको सुझावलाई ग्रहण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा अझै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रवीन्द्र सापकोटाले सूर्यविनायकको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थी सङ्ख्यासमेत बढेको बताउनुभयो । नगरभित्र सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएपछि गुणस्तरमा सुधार भई विद्यार्थीको सङ्ख्या बढ्दो क्रम रहेको कतिपय विद्यालयमा भर्ना अभियान सुरु नहँुदै विद्यार्थी थेग्नै नसक्ने गरी भर्नाको सिट सङ्ख्यानै भरिने अवस्था आउनु खुसीको विषय भएको बताउनुभयो ।
कार्यक्रममा शिक्षाविदद्वय डा तुलसीप्रसाद थपलिया र डा बलराम तिमल्सिनाले २७ वटै विद्यालयको प्रस्तुति र अन्तरक्रियाबाट गरिएको मूल्याङ्कन सुनाउँदै आगामी दिनमा थप परिणाम तथा नतिजामुखी बनाउन गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’