2026-10-19 02:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ, २ कात्तिक । सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको सहज आवतजावतका लागि दुईवटा बस निःशुल्क सञ्चालनमा ल्याएको छ। दसैँका बेला सार्वजनिक यातायातका साधनहरू न्यून रूपमा सञ्चालन हुने भएकाले यात्रुहरूको सुविधाका लागि निःशुल्क बस सेवा सुरु गरिएको हो ।

सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार उक्त बस सेवा कात्तिक २ गतेदेखि लगातार तीन दिनसम्म सञ्चालन हुनेछ। बसहरू दैनिक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खुलगायतका स्थानमा यात्रुहरूलाई सेवा प्रदान गर्नेछ। त्यसैगरी, दोस्रो बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुहरूलाई निःशुल्क सेवा दिनेछ ।

दसैँका बेला सार्वजनिक सवारीसाधनको अभावका कारण यात्रुहरूले भोग्नुपर्ने समस्या कम गर्न सशस्त्र प्रहरीले यस्तो सेवा सञ्चालन गर्दै आएको छ। विशेषगरी निजी सवारीसाधन नभएका सर्वसाधारणलाई चाडपर्वको समयमा गन्तव्यसम्म पुग्न निःशुल्क बस सेवाले राहत पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ