2026-10-07 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित

काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाई अल्टिच्युड तथा माउन्टेन वारफायर’ सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८ सैनिक शिक्षार्थी दीक्षित भएका छन् ।
मुस्ताङमा बर्सेनि हाई अल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी आधारभूत तथा एडभान्स तालिम सञ्चालन हुने गरेको सैनिक जनसम्पर्क निर्देशानालय काठमाडौँले जनाएको छ । मुस्ताङमा हाई अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम सञ्चालनका लागि नेपाली सेनाको जङ्गी अड्डाले २०३२ सालमा सैनिक उच्च शिखर शिक्षालय स्थापना गरेको थियो । स्थापनाको ५०औँ वर्ष पूरा गरिसक्दा नेपालसहित विभिन्न राष्ट्रका करिब सात हजार जनाले आधारभूत तालिम प्राप्त गरिसकेको र दुई हजार ५०० जनाले हाई अल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी एडभान्स तालिम प्राप्त गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।
नेपाली सेनाअन्तर्गत सैनिक उच्चशिखर शिक्षालय मुस्ताङबाट एडभान्स तालिम प्राप्त गरेका शिक्षार्थीमध्ये ५१ जनाले आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहरण गरिसकेका छन् । प्रवक्ता बस्नेतका अनुसार मुस्ताङबाट हाई अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स पूरा गरेका शिक्षार्थीमध्ये हालसम्म २९ जनाले सगरमाथा हिमालको आरोहण गरिसकेका छन् । मुस्ताङमा एडभान्स तालिम कोर्सबाट दीक्षित शिक्षार्थीलाई हिमाल आरोहणका लागि उत्पादन गर्ने गरिएको छ ।
नेपाली सेनाले बर्सेनि यस प्रकारको आधारभूत तथा एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । यसप्रकारको आधारभूत तालिम कोर्स चार÷पाँच महिनासम्म हुने र एडभान्स तालिम आवश्यकता तथा औचित्यताका आधारमा निर्धारण हुने सैनिक प्रवक्ता बस्नेतले बताउनुभयो । नेपाली सेनाले पर्वतीय क्षेत्रअन्तर्गत मुस्ताङमा समुन्द्री सतहको दुई हजार ५०० मिटरको उचाइदेखि पाँच हजार ५०० मिटरको उचाइमा हाई अल्टिच्युड आधारभूत तथा एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । हिमाली तथा उच्चपहाडी युद्धकला, चट्टान कला, हिमकला, रिभर कलालगायत सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास तालिम दिइने गरिएको छ । नेपाली सेनाले तालिम अवधिमा वातावरण प्रदूषण घटाउन तथा जलवायु सङ्कट न्यूनीकरण गर्ने उद्देश्यले हिमाल तथा पर्वतीय क्षेत्रमा भएका फोहोरमैलाको समेत व्यवस्थापन गर्ने गरेको छ । नेपाली सेनाले बर्सेनि सफा हिमाल अभियान सञ्चालन गर्ने गरेको छ ।
नेपाली सेनाअन्तर्गत सैनिक उच्च शिखर शिक्षालय मुस्ताङले बर्सेनि आधारभूत तालिम समापन भएलगत्तै एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । यसप्रकारको एडभान्स तालिममा नेपाली सेनाका शिक्षार्थीसहित विभिन्न मुलुकका शिक्षार्थी सहभागी हुने गरेका छन् । यसै प्रयोजनका लागि मुस्ताङमा जेठ ११ देखि सेनाको हाई अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स सञ्चालन भएको नेपाली सेनाले जनाएको छ । तालिममा देशभरका करिब १४० भन्दा बढी सैनिक शिक्षार्थी सहभागी भएका छन् । आज जोमसोमस्थित कालीगण्डकी नदीमा बन्दोबस्तीका सामान प्रयोग गरी शिक्षार्थीलाई रिभर क्रसिङका विभिन्न विधाको अभ्यास प्रशिक्षण गराइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो