2026-10-17 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

काठमाडौँ | ठूलो हिमपातका कारण बुधवारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने (कागबेनी–कोरला) सडकको बाक्लो हिउँ पन्छ्याउन शुरु भएको छ । शुक्रवारदेखि कोरलानाका जोड्ने सडकको हिउँ पन्छ्याउन शुरु गरिएको हो ।

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको उपकरण प्रयोग गरी मुस्ताङको छुसाङदेखि लोमान्थाङसम्म सडकको हिउँ सफा गरिएको हो ।

लोमान्थाङदेखि कोरलानाकासम्मको २५ किलोमिटर सडकको हिउँ पन्छ्याउने काम भइरहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार करिडोर सडकको उपकरणसहित सशस्त्र प्रहरी टोलीले कोरला नाका सडकको हिउँ पन्छ्याउन जुटेको जानकारी दिनुभयो ।

यसअघि मङ्गलवारराति माथिल्लो मुस्ताङमा ठूलो हिमपात हुँदा कागबेनी–कोरला सडकमा दुई फिटभन्दा बढी हिउँ जमेको थियो । त्यही कारण जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुन पुगेको थियो । ठूलो हिमपातका कारण माथिल्लो मुस्ताङको कोरला सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा, सुरक्षाकर्मी, पर्यटक, व्यापारीहरु र चुनावका लागि मतदान केन्द्र तथा मतदानस्थलको अनुगमनकार्य खटिएकाहरुलाई कठिनाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु