२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सत्ताइस लाखमा कैलालीमा नक्षत्र बाटिका निर्माण

२०८२, २९ जेष्ठ बुधबार ११:४०

काठमाडौँ । गौरीगङ्गा नगरपालिका–१ चौमालामा रहेको मोहन्याल धार्मिक वन क्षेत्रभित्र नक्षत्र बाटिका निर्माण भएको छ ।

प्राकृतिक सौन्दर्य र मौलिक धार्मिक संस्कृति जोगाउने उद्देश्यले नक्षत्र बाटिका निर्माण गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताउनुभयो ।

वन उपभोक्ता समितिमार्फत प्रदेश सरकारको रु २७ लाखको लागतमा सो बाटिका निर्माण गरिएको हो । वास्तुशास्त्रअनुसार नौ ग्रह, १२ राशि र २७ नक्षत्रको सन्तुलन मिलाएर बाटिका निर्माण गरिएको निमित्त प्रमुख बोहराले बताउनुभयो । पूर्वीय दर्शनअनुसार ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुने हुँदा २७ नक्षत्रअनुसारको २७ प्रजातिका बिरुवा पनि रोपिएका छन् ।

बाटिकामा २७ नक्षत्रअनुसारको अमला, समि, जामुन, आँक, बाँस, मौलश्री, रिट्ठा, पलाँस, डुम्री, सिसौ, पिपल, नागकेशरी, बर, बेल, अर्जुन, कङ्केरो, सिमल, राजवृक्ष, कटहर, कदम, आँप, नीम, केरा, महुवा, खयर, लहरे पिपल र वेत गरी २७ प्रजातिका बिरुवा रोपिएको उपभोक्ता समितिका सदस्य धर्म सारुमगरले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ