२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित

३१ जेष्ठ २०८२, शुक्रबार १५:३६

काठमाडौँ । काठमाडौँ विश्वद्यिालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा आज विभिन्न तह एवं विधामा एक हजार १२९ विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोह प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षमा सम्पन्न भएको समारोहमा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत बे्रन्डन जी कारको प्रमुख आतिथ्य तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तको समुपस्थिति रहेको थियो ।

समारोहमा स्कुल अफ आर्टसका १६३, स्कुल अफ एजुकेसनका १०२, स्कुल अफ इञ्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका ११०, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ र स्कुल अफ साइन्सका २५ जना विद्यार्थी दीक्षित भएका हुन् ।

यस्तै समारोहमा विश्वविद्यालयका आर्टस्, एजुकेसन, इञ्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेन्स र साइन्स सङ्कायका पिएचडी तहका १४, डिएम तहका आठ, एमसीएच तहका १०, एमफिल तहका ६९, स्नातकोत्तर तहका ५१३, पिजीडी तहका चार र स्नातक तहका ५१९ जना दीक्षित हुनेछन् ।

दीक्षित हुनेमध्ये ५० दशमलव ९३ प्रतिशत छात्र र ४९ दशमलव ०७ प्रतिशत छात्रा छन् । दीक्षित हुने विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशका ११८ जना अर्थात् १० दशमलव ४५ प्रतिशत रहेको केयुले जनाएको छ ।

समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रधानमन्त्री ओली र कारले संयुक्त रुपमा स्वर्णपदक प्रदान गर्नुभएको थियो । चान्सलर स्वर्णपदकमा स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपए प्राप्त गर्ने विद्यार्थी दयाराम सिंखडा, भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखु, जुद्धबहाुर श्रेष्ठ स्वर्णपदकबाट कृष्णबाबु भट्टराई, रणबहादुर शाह स्वर्णपदकबाट एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी तरुण अग्रवाल, रमेशप्रसाद सिंह स्वर्णपदकबाट स्नातकोत्तर तह एमएस् अर्थोपेडिक्समा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुयश तिमल्सिना, महेशनाथ पराजुली स्वर्णपदकबाट स्कुल अफ एजुकेसनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने छात्रा युरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदकबाट स्नातक तह (स्कुल अफ म्यानेजमेन्ट)मा सबैभन्दा बढी सिाजपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखुलाई पदक प्रदान गरिएको हो ।

स्कुल अफ इञ्जिनियरिङअन्तर्गत ‘डाक्टर अफ फिलोसफी इन जियोम्याटिक्स् इञ्जिनियसिरङ’मा एक जना, स्कुल अफ मेनेजमेन्टअन्तर्गत ‘ब्याचलर अफ प्राफेसनल हस्पिटालिटी’मा २० जना र स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत ‘डाक्टर अफ मेडिसिन इन पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिशिन’मा एक जना, ‘एमएससी इन कम्युनिटी हेल्थ नर्सिङ’मा एक जना, ‘एमएससी इन साइक्र्याटिक नर्सिङ’मा दुई जना, ‘मास्टर्स अफ साइकोथेरापी इन मस्कुलोस्केलेटल साइकोथेरापी’मा पाँच जनालाई उपाधि प्रदान गरिएको केयुले जनाएको छ ।

समारोहमा कारले माउन्ट सिनाई समन्वय केन्द्र र सहकार्यको नेतृत्व गर्न पाउँदा आफु धेरै भाग्यशाली भएको बताउँदै नेपालको उद्देश्य चिकित्सा शिक्षालाई अगाडि बढाएर, उच्च–गुणस्तरको हेरचाह बढाएर तथा देशभित्र अनुसन्धान अवसरलाई बढावा दिएर नेपालका नागरिकको स्वास्थ्य सुधार गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले समारोहमा उपस्थितलाई स्वागत गर्दै नेपाललागयत संसारकै उच्च शिक्षा यतिखेर परिवर्तनको अति महत्वपूर्ण र निर्णायक चौबाटोमा रहेकाले कक्षाकोठा, प्रयोगशाला र कार्यशालामा आधारित शिक्षण सिकाइमार्फत युवाको मस्तिष्कमा जानकारी, ज्ञान र सीपका रुपमा जुन बोझ बोकाइने पद्दति अन्त्यतिर दोहोरिरहेको बताउनुभयो ।

तिसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी केयुबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये पाँच हजार ६६० जना अर्थात् ११ दशमलव ८३ प्रतिशत विद्यार्थी विदेशी रहेको जनाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी