2026-10-06 09:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सालघारीको फडानी र चोरी नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारी क्षेत्रमा भइरहेको वन फडानी र चोरी निकासी नियन्त्रण गर्न वन तथा वातावरण मन्त्रालयलाई स्पष्ट निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित मन्त्रालयको ब्रिफिङ कार्यक्रममा उनले वैज्ञानिक वन व्यवस्थापनको नाममा भइरहेका फडानीका गतिविधिहरू तुरुन्त रोक्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीको भनाइमा हाल पनि केही जिल्लाहरूमा वन फडानी र काठ चोरी भइरहेको जानकारी आएको भन्दै उनले त्यसलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका हुन्। छलफलमा वनमन्त्री ऐनबहादुर शाही, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्याल, र वन मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसमेत सहभागी थिए।

प्रधानमन्त्री ओलीले यसअघि वैशाख २७ गते आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा पनि सालघारी प्रकृतिको अनुपम उदाहरण भएको उल्लेख गर्दै ती अग्ला रुखहरू पानी पार्न महत्त्वपूर्ण हुने भएकाले उमेर नपुगेका सालका रुखहरूलाई व्यावसायिक रूपमा उपयोग नगर्न सुझाव दिएका थिए।

ब्रिफिङका क्रममा प्रधानमन्त्रीले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को स्वीकृतिमा ढिलाइका कारण विकास आयोजनाहरू प्रभावित भएको उल्लेख गर्दै त्यससम्बन्धी कानुनी संशोधनको प्रस्ताव ल्याउन आग्रह गरेका छन्। ढिलाइका कारण कतिपय आयोजनाको अनुमति अवधि सकिनु, धरौटी जफत हुनुजस्ता समस्याहरू देखा परेको उनले बताए।

सो अवसरमा वन मन्त्रालयले तयार पारेको ‘नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२’ को मस्यौदाबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। प्रस्तावित मापदण्डमा सवारी साधनहरूमा युरो–६ स्तरका प्रदूषण नियन्त्रण मापदण्ड लागू गर्ने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री ओलीले सवारी प्रदूषण नियन्त्रणसँगै वन–जंगलमा फैलिने डढेलो तथा छिमेकी मुलुकहरूबाट आउने खेत डढाउने धुवाँका कारण नेपाली आकाश प्रदूषित हुने समस्या समाधानका लागि क्षेत्रीयस्तरमा सम्मेलनको आयोजना गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो