३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सालघारीको फडानी र चोरी नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

१ असार २०८२, आईतवार १७:५१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारी क्षेत्रमा भइरहेको वन फडानी र चोरी निकासी नियन्त्रण गर्न वन तथा वातावरण मन्त्रालयलाई स्पष्ट निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित मन्त्रालयको ब्रिफिङ कार्यक्रममा उनले वैज्ञानिक वन व्यवस्थापनको नाममा भइरहेका फडानीका गतिविधिहरू तुरुन्त रोक्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीको भनाइमा हाल पनि केही जिल्लाहरूमा वन फडानी र काठ चोरी भइरहेको जानकारी आएको भन्दै उनले त्यसलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका हुन्। छलफलमा वनमन्त्री ऐनबहादुर शाही, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्याल, र वन मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसमेत सहभागी थिए।

प्रधानमन्त्री ओलीले यसअघि वैशाख २७ गते आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा पनि सालघारी प्रकृतिको अनुपम उदाहरण भएको उल्लेख गर्दै ती अग्ला रुखहरू पानी पार्न महत्त्वपूर्ण हुने भएकाले उमेर नपुगेका सालका रुखहरूलाई व्यावसायिक रूपमा उपयोग नगर्न सुझाव दिएका थिए।

ब्रिफिङका क्रममा प्रधानमन्त्रीले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को स्वीकृतिमा ढिलाइका कारण विकास आयोजनाहरू प्रभावित भएको उल्लेख गर्दै त्यससम्बन्धी कानुनी संशोधनको प्रस्ताव ल्याउन आग्रह गरेका छन्। ढिलाइका कारण कतिपय आयोजनाको अनुमति अवधि सकिनु, धरौटी जफत हुनुजस्ता समस्याहरू देखा परेको उनले बताए।

सो अवसरमा वन मन्त्रालयले तयार पारेको ‘नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२’ को मस्यौदाबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। प्रस्तावित मापदण्डमा सवारी साधनहरूमा युरो–६ स्तरका प्रदूषण नियन्त्रण मापदण्ड लागू गर्ने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री ओलीले सवारी प्रदूषण नियन्त्रणसँगै वन–जंगलमा फैलिने डढेलो तथा छिमेकी मुलुकहरूबाट आउने खेत डढाउने धुवाँका कारण नेपाली आकाश प्रदूषित हुने समस्या समाधानका लागि क्षेत्रीयस्तरमा सम्मेलनको आयोजना गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली