२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सुनका गरगहना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गर्ने २ जना पक्राउ

२०८२, ७ असार शनिबार १३:५६

काठमाडौँ | भारतबाट सुनका गरहगना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो ।

भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र पोखरा, बुटवलजस्ता सहरमा बिक्री गर्ने गरेका ४९ वर्षीय न्यू प्रताप नगर जिटी रोड अमृतसर–१ पञ्जाबका कुलदीप सिंह र तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । दुवै जना चुनचाँदीका गरहगना बनाउने कालिगड हुन् । पञ्जापका सिंहले भारतमै सुनचाँदीका गहना बनाउने काम गर्थे भने विकले नेपालमा । विकले सिंहको सहयोगीका रुपमा नेपाली बजारमा सुन ल्याएर बिक्री गर्न सघाउने गरेका थिए ।

 

उनीहरुको साथबाट ८२ तोला बढी सुनचाँदीका गरहगना फेला परेका छन् । भारतीय नागरिक सिंह ३ वर्ष पहिलेदेखि नै विकसँग फेसबुकमा साथी रहेको पाइएको छ ।

‘दुवै जना सुनको काम गर्ने भएकाले उनीहरुले गहना ल्याएर नेपाली बजारमा बिक्री गर्ने सल्लाह गरेको पाइएको छ । कुलदीप पछिल्लो समयमा भारतमा युपि, गोरखपुर, बिहार, उडिसा, दिल्ली हरियाणालगायतका स्थानमा सुनका गरगहना बेच्दै हिँड्ने गर्ने रहेछन्’, कास्की प्रहरी प्रमुख ओलियाले भने, ‘नेपालका बिकलाई सहयोगी बनाएर यहाँका सहरमा बिक्री गर्ने योजना बनाएको देखिन्छ ।’

कुलदीपले नेपाल ल्याउने भारतको गरगहना अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट लिने गरेको खुलेको छ । सिंह र बिक ४ गते पोखरा आएर गरगहना बिक्री गर्न पसल–पसल पुगेको प्रहरीको भनाइ छ । विक सुन बिक्री भएपश्चात केही रकम लिने सर्तमा बुटवलदेखि पोखरा आइपुगेको पाइएको एसपी ओलियाले जानकारी दिए ।

पत्थरबाहेक असार ६ गतेको बजार भाउ अनुसार एक करोड ३० लाख बराबरको सुनचाँदीका गरगहना फेला परेको एसपी ओलियाको भनाइ छ । दुबै जनालाई गरगहनासहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग काठमाडौं वा राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने उनले बताए ।

गरगहना बिक्री गर्न आएका उनीहरुलाई पक्राउ गर्न पोखराका सुनचाँदी व्यवसायीले पनि सहयोगी भूमिका खेलेको एसपी ओलियाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड