2026-10-06 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

महोत्तरीका स्थानीय तहहरुको बजेटमा कृषिमा जोड

2025-06-25
काठमाडौं ।  यहाँका स्थानीय तहले आधुनिक कृषि प्रणालीमा जोड दिएका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि नगरसभा तथा गाउँसभाको परिषद् सम्पन्न गरेका स्थानीय तहले आफ्नो ठाउँमा समृद्धिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरणसँगै स्रोत र साधनमा किसानको पहुँच बढाउने कार्यक्रम बनाएका हुन् ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये परिषद्् सम्पन्न गर्ने स्वीकृत तालिका असार १० भित्र नौ नगरपालिका र पाँच गाउँपालिकासहित १४ स्थानीय तहले आआफ्नो तहको नगर तथा गाउँसभाको आर्थिक वर्ष २०८२/८३ का लागि परिषद् सम्पन्न गरेका छन् ।
जिल्लामै सबैभन्दा पहिले गत बिहीबार १५ औँ नगरसभा परिषद्् सम्पन्न गरेको मटिहानी नगरपालिकाले किसानलाई कृषि ज्यावल, यान्त्रिक उपकरण, बीउ मल र नविनतम प्रविधिमा पहुँच बढाउने सङ्कल्प गरेको छ । मटिहानीले आउने आर्थिक वर्षका लागि रु ४४ करोड ५० लाखको अनुमानित आयव्ययको बजेट पारित गरेको छ ।
यसैगरी गत शुक्रबार गाउँसभाको १३ औँ परिषद् सम्पन्न गरेको महोत्तरी गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै वैकल्पिक सिँचाइ कार्यक्रमलाई जोड दिएको छ । जिल्लाका मनराशिशवा, रामगोपालपुर र भङ्गाहा नगरपालिकाका नगरसभा परिषद्् सोमबार सम्पन्न भएका छन् ।
यस्तै एकडारा र पिपरा गाउँपालिकाको गाउँसभा परिषद्् पनि सोमबार नै सम्पन्न भएका छन् । यस्तै बर्दिबास, गौशाला, बलवा र औरही नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिकाले मङ्गलबार आआफ्नो तहको नगर तथा गाउँसभाको परिषद् सम्पन्न गरेका छन् । आआफ्नो तहको गाउँ तथा नगरसभाका परिषद् सम्पन्न गरेका १४वटै स्थानीय तहले यसपाली आउने आर्थिक वर्ष २०८२/८३ का लागि कृषि कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।
“मुख्य कुरा त आर्थिक समृद्धिकै हो, यो हासिल गर्न हाम्रो सम्भावना भनेको कृषि नै हो”, सोमबार नगरसभाको १६ औँ परिषद् सम्पन्न गरेको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले भन्नुभयो, “यो कार्यकालभित्र पानीबेगर खेती गर्न पाइएन भन्ने अवस्था अन्त्य गर्ने हाम्रो सङ्कल्प छ ।” यसका लागि वैकल्पिक सिँचाइका इनार, बोरिङ र मोटरपम्प बढाइने उहाँको भनाइ छ ।
यसैगरी मनराशिशवा नगरपालिकाका प्रमुख मोहन पाण्डेले फलफूल, तरकारी, दलहन, तेलहन र अन्नबालीको उत्पादन बढाउन माटो परीक्षण, बीउमलको उपलब्धता र प्रविधिको किसानसम्म पहुँच बढाउन योजनाबद्ध काम गरिने बताउनुभयो । यस्तै गौशाला, औरही, बलवा र बर्दिबास नगरपालिका तथा सोनमा गाउँपालिकासहितका स्थानीय तहले पनि कृषि क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेका छन् ।
निर्धारित समयसीमा (असार १० भित्रै) आआफ्नो तहको नगर तथा गाउँसभाका परिषद्् सम्पन्न गरेका स्थानीय तहका जनप्रतिनिधिले विकासको प्रतिफल जनतासम्म पु¥याउने गरी कृषिलाई प्राथमिकतामा राखेर योजना बनाइने प्रतिबद्धता जनाएका छन् । “हामीले कृषिक्षेत्रका कामलाई समृद्धिसँग जोडेर प्राथमिकतामा राखेका छौँ”, सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले भन्नुभयो ।
जिल्लाका १५ स्थानीय तहमध्ये १४ ले मङ्गलबारसम्म आआफ्नो तहको गाउँ तथा नगरसभाका परिषद्् सम्पन्न गरिसकेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट पेस गर्ने असार १० भित्रको कानुनी व्यवस्थाको स्वीकृत तालिका छ । यसअनुसार अब जिल्लामा बजेट प्रस्तुत गर्न नसकेको जलेश्वर नगरपालिकामात्र छ ।
जिल्लाका सबैजसो स्थानीय तहले कृषि प्राथमिकताका कुरा उठाएपछि आम किसानमा केही आशा पलाएको छ । मुख्य कुरा सिँचाइको प्रबन्ध, बीउमल र प्रविधिमा ध्यान दिनसके आफ्ना दिन फिर्ने सपना सँगालिएको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो बताउनुहुन्छ । “कृषिलाई प्राथमिकतामा राखिएको त सुन्यौ, यो कागजमा सीमित नहोस्, हामीसम्म आइ पुगोस्”, महतोले भन्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो