२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

२०८२, १२ असार बिहीबार १४:३३
काठमाडौँ । यहाँका आठ पालिकामध्ये चार नगरपालिका र चार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु छ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका छन् ।
सोमबार जिल्लाका आठ वटा नै पालिकाले आव २०८२/८३ का लागि रु छ अर्ब ६१ करोड ८४ लाख ६४ हजार ४०० बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका हुन् । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै बजेट जिल्लाको त्रियुगा नगरपालिकाले ल्याएको छ भने थोरै बजेट ताप्ली गाउँपालिकाले ल्याएको छ । त्रियुगा नगरपालिकाले रु एक अर्ब ५३ करोड ३४ लाख ५१ हजार बराबरको बजेट ल्याएको छ ।
यस्तै, चौदण्डीगढी नगरपालिकाले रु एक अर्ब १३ करोड ३५ लाख ४१ हजार बराबरको बजेट ल्याएको जनाइएको छ ।
कटारी नगरपालिकाले रु ८७ करोड ६५ लाख तीन हजार ४०० बराबरको बजेट ल्याएको छ भने बेलका नगरपालिकाले रु ७७ करोड २६ लाख ४१ हजार बराबरको बजेट ल्याएको छ ।
चार गाउँपालिकामा उदयपुरगढी गाउँपालिकाले रु ६८ करोड ४० लाख पाँच हजार बराबरको बजेट ल्याएको छ भने रौतामाई गाउँपालिकाले रु ६६ करोड ९९ लाख ६१ हजारको बजेट ल्याएको सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।
यस्तै लिम्चुङबुङ गाउँपालिकाले रु ४३ करोड १० लाख आठ हजार बराबरको बजेट ल्याएको छ भने ताप्ली गाउँपालिकाले रु ४१ करोड ७३ लाख ५५ हजार बराबरको बजेट ल्याएको जनाइएको छ ।
कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा तथा आन्तरिक पर्यटन र स्थानीय युवाका लागि स्वरोजगारसहितको बजेट ल्याएको त्रियुगाका नगर प्रमुख वसन्तकुमार बस्नेत र बेलकाका प्रमुख अशोक कार्कीले बताउनुभयो ।
जिल्लाका पहाडी क्षेत्रका गाउँपालिकामा भौतिक पूर्वाधार र कृषिलाई बढी जोड दिनेगरी बजेट ल्याइएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो