
काठमाडौँ | नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५ सय रूपैयाँले बढेको हो। यससँगै बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि १ सय ५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन हजार एक सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ।