भदौ २०, पाल्पा। महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । 

संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, पाल्पा। महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । 

संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । "/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महत्वपूर्ण जडीबुटी टिमुर लोप हुँदै

२० भाद्र २०७४, मंगलवार ०८:३९

भदौ २०, पाल्पा। महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । 

संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । यसको संरक्षणको अभियान सञ्चालन हुन सकेको छैन । 

आम्दानी मनग्य हुनथालेपछि किसान टिमुरतर्फ आकर्षित हुन थालेका छन् । निजी वनमा भन्दा सामुदायिक वनमा टिमुर प्रशस्त पाइन्छ । स्थानीय बजारमा टिमुरको मूल्य प्रति माना रु ३०० देखि रु ४०० पर्छ । टिमुर भदौदेखि कात्तिकसम्म टिपेर बेच्न सकिन्छ । 

रैनादेवी छहरा गाउँपालिका–४ का श्रीकृष्ण आत्रेयका अनुसार सामुदायिक वनमा टिमुर प्रशस्त पाइने भए पनि संरक्षण र प्रवद्र्धनमा ध्यान नपुग्दा लोप हुने अवस्थामा पुगेको छ । टिमुरको व्यावसायिक खेती हुन नसक्दा उत्पादन वर्षेनी घटेको छ । 

रैनादेवी छहरा गाउँपालिका–४ का तिलक थापा जथाभावी फँडानी गरेर टिप्दा टिमुर पहिलाजस्तो गरी बोट र फल नै देखिन छाडेको बताउनुहुन्छ । खेतबारीमा मात्र होइन अहिले वनमा समेत टिमुर कमै मात्रामा देख्न पाइने थापाको भनाइ छ । यहाँ उत्पादन भएको टिमुर रुपन्देही, कपिलवस्तु र नवलपरासीमा बिक्री गरिन्छ । 

रैनादेवी छहरा गाउँपालिका–६ मा टिमुर संरक्षणका लागि पकेट क्षेत्र बनाउने योजना रहेको सो गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । टिमुर खेतीका लागि रु एक लाखसम्म बजेट छुट्टयाएको उहाँले बताउनुभयो । 

टिमुरको बोक्रा तथा फल सेवनले अपच भएमा, हैजा, ग्याष्ट्रिक, पेटको गडबढी, जुका परेमा, कलेजोको लागि शक्तिवद्र्धक, पिसाब खुलाउन, कब्जियत, कप, पसिना निकाल्न, ज्वरो घटाउन, रगत सफा गर्न औषधिको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई अचार तथा मसलको रुपमा प्रयोग गरिन्छ भने फल तथा पातको धुलो दात माँझ्नका लागि समेत प्रयोग हुँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य