Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महत्वपूर्ण जडीबुटी टिमुर लोप हुँदै

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २०, पाल्पा। महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ ।

संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । यसको संरक्षणको अभियान सञ्चालन हुन सकेको छैन ।

आम्दानी मनग्य हुनथालेपछि किसान टिमुरतर्फ आकर्षित हुन थालेका छन् । निजी वनमा भन्दा सामुदायिक वनमा टिमुर प्रशस्त पाइन्छ । स्थानीय बजारमा टिमुरको मूल्य प्रति माना रु ३०० देखि रु ४०० पर्छ । टिमुर भदौदेखि कात्तिकसम्म टिपेर बेच्न सकिन्छ ।

रैनादेवी छहरा गाउँपालिका–४ का श्रीकृष्ण आत्रेयका अनुसार सामुदायिक वनमा टिमुर प्रशस्त पाइने भए पनि संरक्षण र प्रवद्र्धनमा ध्यान नपुग्दा लोप हुने अवस्थामा पुगेको छ । टिमुरको व्यावसायिक खेती हुन नसक्दा उत्पादन वर्षेनी घटेको छ ।

रैनादेवी छहरा गाउँपालिका–४ का तिलक थापा जथाभावी फँडानी गरेर टिप्दा टिमुर पहिलाजस्तो गरी बोट र फल नै देखिन छाडेको बताउनुहुन्छ । खेतबारीमा मात्र होइन अहिले वनमा समेत टिमुर कमै मात्रामा देख्न पाइने थापाको भनाइ छ । यहाँ उत्पादन भएको टिमुर रुपन्देही, कपिलवस्तु र नवलपरासीमा बिक्री गरिन्छ ।

रैनादेवी छहरा गाउँपालिका–६ मा टिमुर संरक्षणका लागि पकेट क्षेत्र बनाउने योजना रहेको सो गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । टिमुर खेतीका लागि रु एक लाखसम्म बजेट छुट्टयाएको उहाँले बताउनुभयो ।

टिमुरको बोक्रा तथा फल सेवनले अपच भएमा, हैजा, ग्याष्ट्रिक, पेटको गडबढी, जुका परेमा, कलेजोको लागि शक्तिवद्र्धक, पिसाब खुलाउन, कब्जियत, कप, पसिना निकाल्न, ज्वरो घटाउन, रगत सफा गर्न औषधिको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई अचार तथा मसलको रुपमा प्रयोग गरिन्छ भने फल तथा पातको धुलो दात माँझ्नका लागि समेत प्रयोग हुँदै आएको छ । रासस