2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न

राजदुत क्षेत्रीले दुतावासले सिमित स्रोत-जनशक्ति भएपनि दुतावास दिनरात नभनेर प्रवासी नेपालीको सेवा, सहयोग र सुरक्षामा समर्पित रहदै आएको बताउँदै दुतावासले श्रमिकहरूको गुनासो, पीडा र समस्याहरु सुन्नको लागि निकट भविष्यमा नै फेसबुक पेजबाट "श्रमिकसंग संवाद" कार्यक्रम संचालन गर्ने जानकारी दिए ।

काठमाडौँ । नेपाली दूतावास, अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली संघ, युएई र नेपाली समाज समूहको संयुक्त आयोजनामा दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

गत असार २९ गते सम्पन्न उक्त कार्यक्रममा युएईमा कार्यरत नेपाली श्रमिकहरूका हक, अधिकार र सुरक्षा सम्बन्धी विषयमा जानकारी प्रस्तुत गरिनुका साथै, वैदेशिक रोजगारीमा आउँदा अपनाउनुपर्ने सावधानी, नियम, कानुन र समस्याहरूको समाधान प्रक्रिया, तथा श्रमिकको अधिकारका विषयमा छलफल गरिएको थियो ।

उक्त्त कार्यक्रममा श्रमिकहरुको समस्याहरुको समाधान उपायहरु तथा सरोकारवालाहरुको जवाफ प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिएको थियो । साथै कार्यक्रममा नेपाली राजदुतावास अबुधाबीका राजदूत तेज बहादुर क्षेत्रीले लगायतका विभिन्न पदाधिकारीहरु साथै विभिन्न संघसंस्था उपस्थिति भएका कर्मचारीहरु, त्यहाँ कार्यरत श्रमिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा दुबई प्रहरीका तर्फबाट लेफ्टिनेन्ट मैथा मोहम्मद , मेजर अलि, र अपराध निवारण टोलीका सर्जन्ट मिस्टर यार मोहम्मद कासिम समेत विशेष उपस्थिति रहेको थियो । मिस्टर कासिमले श्रमिकहरूलाई युएईमा बस्दा अपनाउनुपर्ने कानुनी सावधानी साथै दुबई पुलिस एप को “पुलिस आई” को सुबिधा र यसको प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा श्रम काउन्सलर दिपेन्द्र पौडेलले युएईमा कार्यरत श्रमिकहरुले भोगिरहेका समस्या तथा समाधानका उपायहरु बारे जानकारी दिए । त्यस्तै प्रथम सचिब तिल बहादुर सुनारले पासपोर्ट तथा कन्सुलर सेवासम्बन्धि जानकारी दिए । राजदूतावासका श्रमिक सहचारी पंकज लाभ कर्णले सामाजिक सुरक्षा कोषको विषयमा जानकारी दिनुको साथै यसबाट हुनसक्ने लाभहरूको जानकारी दिए ।

कार्यक्रमलाई समापन गर्दै महामहिम राजदुत तेज बहादुर क्षेत्रिले राजदुतावासले सिमित स्रोत-जनशक्ति भएपनि दुतावास दिनरात नभनेर प्रवासी नेपालीको सेवा, सहयोग र सुरक्षामा समर्पित रहदै आएको बताउँदै दुतावासले श्रमिकहरूको गुनासो, पीडा र समस्याहरु सुन्नको लागि निकट भविष्यमा नै फेसबुक पेजबाट “श्रमिकसंग संवाद” कार्यक्रम संचालन गर्ने जानकारी दिए । राजदुत क्षेत्रीले ‘श्रमिकसंग संवाद’ कार्यक्रमको मद्धतले समस्यामा परेका नेपाली श्रमिकहरुलाई छिटो-छरितो रुपमा समस्याको समाधान गर्न सहयोग पुग्ने र यस्तो कार्यक्रमको प्रभावले श्रमिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए ।

कार्यक्रममा सहभागीहरुले दिएका सुझाव तथा सल्लाहहरु, एन्आरएन्ए र बिभिन्न नेपाली समाजका अध्यक्षहरुको सहयोगमा संकलन गरि दुतावासका काउन्सिलर र सहचारीसमक्ष हस्तान्तरण गरिएको थियो । साथै यस कार्यक्रमको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जालबाट गरिएको थियो, जसलाई प्रत्यक्ष हजारौं दर्शकहरूले प्रत्यक्ष हेर्ने अवसर पाएका थिए । यस कार्यक्रमले श्रमिकहरूको सुरक्षित, सचेत र सम्मानजनक आप्रवासन सुनिश्चित गर्ने दुतावासले जनाएको छ ।

कार्यक्रमले युएई लगाएतका देशमा बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूको समस्यालाई सम्बोधन गर्दै दूतावास, श्रमिक र नेपाली समुदायबीच समन्वय तथा विश्वास निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले