३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

मनास्लु पदमार्गको ५३ स्थानमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’

५ श्रावण २०८२, आईतवार १४:१७

काठमाडौँ | उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई पदमार्गको पहिचान र पदयात्रामा सहजताका लागि ठाउँठाउँमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’ थप गरिएको छ ।

मनास्लु सरंक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) ले आर्थिक वर्ष २०८१/८२ मा पदमार्गको विभिन्न ५३ ठाउँमा मार्किङ पोल र साइनपोष्ट थप गरेको आयोजना कार्यालयका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले पदमार्गको ३५ स्थानमा पर्यटकलाई पदमार्गको जानकारी दिन साइनपोष्ट थप गरेको छ भने पदमार्गको १६ ठाउँमा मार्किङ पोल थप गरिएको हो ।

पदमार्गअन्तर्गत नुब्री भ्यालीतर्फ लार्के बजारदेखि भिमथाङसम्म विभिन्न ठाउँमा मार्किङ पोल थपिएको छ । लार्के बजारदेखि भीमथाङसम्म अब कूल १२४ मार्किङ पोल पुगेका छन् । यसअघि १०८ मार्किङ पोल मात्र रहेको थियो ।

त्यस्तै, पदमार्गमा पर्ने चुमभ्यालीतर्फ (गणेश हिमालतर्फ जाने पदमार्गसहित १९, नुब्री भ्यालीतर्फ १४ र सिर्दीबासमा दुई स्थानमा साइनपोष्ट थप गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख शेरचनले भन्नुभयो, “साइनपोष्टबाट मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुग्ने पर्यटकलाई आफूकहाँ पुगेँ, आफू पुगेको ठाउँको उचाइ, त्यसपछिको गन्तव्यमा पुग्न लाग्ने सम्भावित समय र त्यहाँको जङ्गली जनावरका बारेमा पनि थाहा पाउन सजिलो हुन्छ ।”

त्यस्तै, पदमार्गमा राखिएको मार्किङ पोलबाट हिउँ परेका बेला पदमार्ग हिउँले पुरिएर हराउने हुँदा पर्यटकलाई पदमार्ग पहिचानका लागि सहज हुने प्रमुख शेरचनले बताउनुभयो । चालु आव २०८२/८३ मा विभिन्न २५ स्थानमा मार्किङ पोल र ३५ स्थानमा साइनपोष्ट राख्ने योजना रहेको एमक्यापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली