३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

६ दिनअघि घर अलपत्र छोडेर गएका हायु परिवारलाई सिन्धुली फर्किन वडा अध्यक्षको आग्रह

१५ श्रावण २०८२, बुधबार १४:५७

काठमाडौँ | सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्षसहितको टोलीले पोखरा पुगेर उर्मिला हायुको परिवारलाई भेट गरेको छ । बुधबार वडा अध्यक्ष सहितको टोलीले हायु परिवारलाई भेट गरेर सिन्धुली फर्किन आग्रह गरेको अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

वडा अध्यक्षसहितको टोलीले पोखरा जस्तो महँगो ठाउमा बस्न गाह्रो हुने भन्दै स्थानीय र संघीय सांसदले समेत सहयोग गर्ने भएकाले फर्किन आग्रह गरको बताएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास विप्पर कटेरीबाट ६ दिनअघि घर अलपत्र छोडेर हायु परिवार पोखरा पुगेको थियो । हायु परिवार सोमबार राति मात्र पोखराको गगनगौडामा डेरा गरि बसेको अवस्थामा भेटिएको थियो।

वडा अध्यक्ष श्रेष्ठले छुट्टै स्थानमा घर बनाइदिने र वडाले नै शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने बताए पनि उर्मिला हायुले फर्किन नमानेको बताएका छन् । उनले छोरा छोरीले माने पनि आमाले नमानेको बताए । हायु परिवारले सो स्थानमा आफुहरुको स्वास्थ्य राम्रो नभएको, बच्चाहरु विरामी भइरहेको, खेतीपातीबाट हुने उब्जनीले तीन महिना पनि खान नपुग्ने अवस्था रहेकोले सो स्थान छोडेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली