२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बेनीमा मौलिक सम्पदाको संरक्षण

२८ भाद्र २०८२, शनिबार ११:१३

काठमाडौँ | म्याग्दीको सदरमुकाम बेनी बजारमा मौलिक सम्पदाको निर्माण र पुनर्निर्माण भएको छ । बेनी नगरपालिका र समुदायको पहलमा बेनीलाई मौलिक सांस्कृतिक बजारको रूपमा विकास गर्न पुराना सम्पदाको संरक्षण, पुनर्निर्माणका साथै नयाँ सार्वजनिक संरचना निर्माणका क्रममा मौलिकतालाई जोड दिइएको हो ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजार नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्छ । नगर प्रमुख सुरत केसीले मुस्ताङ जाने आउने पर्यटकलाई बेनीमा भुलाउने र बसाई लम्बाएर स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र मौलिकताको सम्वद्र्धन तथा प्रवद्र्धनमा जुटेको बताउनुभयो ।

उहाँका अनुसार कालीगण्डकीको सभ्यता बचाउन र प्रदूषण नियन्त्रणका लागि दोभानमा शवदाहस्थल निर्माण भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजन भएको रु ६० लाख बजेटबाट शवदाहस्थललाई व्यवस्थित र सुरक्षित बनाउन भौतिक संरचना निर्माण भएको हो ।

धार्मिकस्थल गलेश्वर बजारभित्रको सडकको सौन्दर्यकरण गर्नका लागि गत वर्षदेखि सुरु भएको सडकमा स्लेट ढुङ्गा बिछ्याउने योजनालाई यस वर्ष पनि निरन्तरता दिएको छ । गत आवमा १०६ मिटर स्लेट बिछ्याइएको थियो ।

नयाँ आवका लागि नगरपालिकाले रु ३० लाख विनियोजन गरेको योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले पनि साथ दिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।

बेनीको पुस्तकालय चोकमा रु १३ लाख खर्चेर जमघट र विश्रामस्थलका लागि भक्तपुरे इँटा र बुट्टा कुदेको काठ प्रयोग गरेर नेवारी वास्तुकला शैलीको प्रतीक्षालय (फाल्चा) निर्माण भएको छ । यस वर्ष आँखीझ्याललगायतका संरचना बनाएर फाल्चा निर्माणलाई पूर्णताः दिने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

चोकमा खाली रहेको सार्वजनिक ठाउँको सदुपयोग गरेर निर्माण भएको फाल्चाबाट स्थानीयवासी, यात्रुहरूलाई विश्रामका लागि सहजका लागि बजारको आकर्षण थपेको छ । यसअघि बेनी नगरपालिकाको वडा नम्बर ७ मा रहेका पुराना चौतारीहरूको मर्मत र व्यवस्थापन भएको थियो ।

बेनी नगरपालिका–८ गणेशटोलमा रहेको २०० वर्ष पुरानो गणेश मन्दिर यसै वर्ष पुनर्निर्माण भएको छ । बेनी नगरपालिकाको रु छ लाख बजेट र गुठीयारहरूको करिब रु १४ लाख लगानीमा मौलिक शैलीमा पुनर्निर्माण गरिएको वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । पुरानो मन्दिरलाई भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोग गरेर निर्माण भएको मन्दिरको छानामा पित्तलको जलप लगाइएको छ ।

यसअघि बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको भक्तपुरबाट इँटा, काठ र मजदुर ल्याएर कोतघर पुनर्निर्माण गरिएको थियो । छानोमा तीन वटा गजूर राखिएको कोतघरको झ्याल, ढोका र टुँडाल कलात्मक शैलीका छन् ।

विक्रम संवत् १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए ।

ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा पेभर इँटा राखेर आकर्षक बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला