2026-09-18 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जब गुञ्जियो भजनमा सहनाई

sanai gunjiyoप्रभात सुवेदी । फागुन ८, बर्दिया । पेशाले उनी होटल व्यवसायी । बाँकेको कोहलपुरमा होटल सञ्चालन गुर्नभएको छ । जव सहनाईकोे आवाज सुन्नुभयो तब उहाँको मन थामिन सकेन । र, गाउँघरमा दलितहरुले मात्रै बजाउने बाजाको रुपमा परिचित सहनाई फुक्नुभयो । जातले ब्राह्मण थरले सुवेदी उहाँले आफ्नी पत्नी केशरी सुवेदीकै प्रेरणाले सहनाई बाजा बजाउन सिकेको बताउनुभयो ।

बर्दियाको पदनाहमा आफ्ना नातिको चुडाकर्म (ब्रतबन्ध) कार्यक्रममा आयोजित भजनको विशेष कार्यक्रममा नवराज सुवेदीको घरमा पोखराबाट आउनुभएका पाहुनाहरुका साथमा खैजडकिो तालमा मज्जाले सहनाई बजाएर गाउँभरी नै रौनक छर्ने व्यक्ति हुनुुहुन्छ बर्दिया मैनापोखर, पडेरीयाका धनपति सुवेदी ।

उहाँले यो सहनाई बाजा बजाउन थाल्नुभएको तीन÷चार वर्ष मात्रै भएको छ । आजभोली नेपाली मौलिक लोकबाजाहरुप्रतिको मोह र यसलाई माया गर्ने प्रवृत्ती हराएकोले यसको संरक्षण र संबद्र्धनका लागि आफू लागि परेको उहाँ बताउनुहुन्छ । यस प्रकारका नेपाली चिनारी दिने बाजाहरुको संरक्षणका लािग सबैले सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

पहिले पहिले दलित दाजुभाइहरुले मात्रै बजाउने गरेका यस्ता बाजाहरु ब्राह्मण समुदायको व्यक्तिहरुले बजाउँदा जात जाने, लाजको मर्नु हुने र समाजमा यस्ता व्यक्तिहलाई ह्ेयको दृष्टिकोणले हेरिन्थ्यो । तर, आजभोलि यसतो सोचमा केही परिवर्तन आएकोमा सहनाई बादक धनपति सुवेदी निकै खुसी हुनुनुहुन्छ ।

sanai bajyo

सहनाई सहितको पञ्चे बाजा संरक्षणका लागि बर्दियाको बाँसगढीमा बाहुन बाजाको नाम दिएर टिम नै बनाएको र पूजाआजा, पर्व उत्सवहरुमा गएर बजाउने गरेको उहाँले बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, ‘यो हाम्रो मौलिक संस्कृति हो, यो हरायो भने हाम्रो पहिचान पनि हराउँछ, त्यसैले यस प्रकारका संस्कृतिहरुको हामीले नै संरक्षण गर्नु पर्दछ । बाहुनको छोरो भएर यस्तो बाजा बजायो भनी मेरा आफन्ती, नातपातहरु कसैले पनि मलाई हेला नगरिदिनुहोला, मेरो सबैमा अनुरोध छ ।

पहिले पहिले दलितहरुले मात्र यस प्रकारका बाजाहरु बजाउँदा मादक पदार्थको सेवन गर्ने र बाजा बजाउने गरेकोमा केही ह्येयको दृष्टिकोणले हेरिएको हुनुपर्छ तर हामी ब्राह्मणहले पनि यो हाम्रै मौलिक बाजा हो, हाम्रो पहिचान हो भनी यसलाई आत्मसात गर्न सकेमा हामी नेपालीको कला र मौलिक संस्कृति जागिने थियो ।’ तसर्थ, गैर दलितहरुको यो प्रयासलाई सबैले यथाचित सम्मान र मूल्याङ्कन गर्नु पर्दछ ।

यस्ता मौलिक लोक बाजाहरु, लोक संस्कृति, लोक साहित्य, लोक जनजिवनको संरक्षण तथा संबद्र्धन गरी नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानु हामी सबैको कर्तव्य हो । यस कुरामा सम्बन्धित निकायको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई