२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जब गुञ्जियो भजनमा सहनाई

८ फाल्गुन २०७२, शनिबार ०३:४१

sanai gunjiyoप्रभात सुवेदी । फागुन ८, बर्दिया । पेशाले उनी होटल व्यवसायी । बाँकेको कोहलपुरमा होटल सञ्चालन गुर्नभएको छ । जव सहनाईकोे आवाज सुन्नुभयो तब उहाँको मन थामिन सकेन । र, गाउँघरमा दलितहरुले मात्रै बजाउने बाजाको रुपमा परिचित सहनाई फुक्नुभयो । जातले ब्राह्मण थरले सुवेदी उहाँले आफ्नी पत्नी केशरी सुवेदीकै प्रेरणाले सहनाई बाजा बजाउन सिकेको बताउनुभयो ।

बर्दियाको पदनाहमा आफ्ना नातिको चुडाकर्म (ब्रतबन्ध) कार्यक्रममा आयोजित भजनको विशेष कार्यक्रममा नवराज सुवेदीको घरमा पोखराबाट आउनुभएका पाहुनाहरुका साथमा खैजडकिो तालमा मज्जाले सहनाई बजाएर गाउँभरी नै रौनक छर्ने व्यक्ति हुनुुहुन्छ बर्दिया मैनापोखर, पडेरीयाका धनपति सुवेदी ।

उहाँले यो सहनाई बाजा बजाउन थाल्नुभएको तीन÷चार वर्ष मात्रै भएको छ । आजभोली नेपाली मौलिक लोकबाजाहरुप्रतिको मोह र यसलाई माया गर्ने प्रवृत्ती हराएकोले यसको संरक्षण र संबद्र्धनका लागि आफू लागि परेको उहाँ बताउनुहुन्छ । यस प्रकारका नेपाली चिनारी दिने बाजाहरुको संरक्षणका लािग सबैले सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

पहिले पहिले दलित दाजुभाइहरुले मात्रै बजाउने गरेका यस्ता बाजाहरु ब्राह्मण समुदायको व्यक्तिहरुले बजाउँदा जात जाने, लाजको मर्नु हुने र समाजमा यस्ता व्यक्तिहलाई ह्ेयको दृष्टिकोणले हेरिन्थ्यो । तर, आजभोलि यसतो सोचमा केही परिवर्तन आएकोमा सहनाई बादक धनपति सुवेदी निकै खुसी हुनुनुहुन्छ ।

sanai bajyo

सहनाई सहितको पञ्चे बाजा संरक्षणका लागि बर्दियाको बाँसगढीमा बाहुन बाजाको नाम दिएर टिम नै बनाएको र पूजाआजा, पर्व उत्सवहरुमा गएर बजाउने गरेको उहाँले बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, ‘यो हाम्रो मौलिक संस्कृति हो, यो हरायो भने हाम्रो पहिचान पनि हराउँछ, त्यसैले यस प्रकारका संस्कृतिहरुको हामीले नै संरक्षण गर्नु पर्दछ । बाहुनको छोरो भएर यस्तो बाजा बजायो भनी मेरा आफन्ती, नातपातहरु कसैले पनि मलाई हेला नगरिदिनुहोला, मेरो सबैमा अनुरोध छ ।

पहिले पहिले दलितहरुले मात्र यस प्रकारका बाजाहरु बजाउँदा मादक पदार्थको सेवन गर्ने र बाजा बजाउने गरेकोमा केही ह्येयको दृष्टिकोणले हेरिएको हुनुपर्छ तर हामी ब्राह्मणहले पनि यो हाम्रै मौलिक बाजा हो, हाम्रो पहिचान हो भनी यसलाई आत्मसात गर्न सकेमा हामी नेपालीको कला र मौलिक संस्कृति जागिने थियो ।’ तसर्थ, गैर दलितहरुको यो प्रयासलाई सबैले यथाचित सम्मान र मूल्याङ्कन गर्नु पर्दछ ।

यस्ता मौलिक लोक बाजाहरु, लोक संस्कृति, लोक साहित्य, लोक जनजिवनको संरक्षण तथा संबद्र्धन गरी नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानु हामी सबैको कर्तव्य हो । यस कुरामा सम्बन्धित निकायको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो