२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’

२०८२, १९ मंसिर बिहीबार १५:३५

काठमाडौँ | बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भीडभाड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठूलो चाड योमरी पुन्हीको विशेष दिन भएकाले आज बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो ।

योमरी चाडको अवसरमा सार्वजनिक बिदासमेत परेकाले सर्वसाधारण र तीर्थालु भक्तजनको घुइँचो हुने नै भयो । यही भीडभाडमा सङ्घीय सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल बङगलामुखी मन्दिर परिसर पुग्नुभयो ।

मन्त्री आउनेबारे स्थानीय जनप्रतिनिधिलाई कुनै जानकारी थिएन । अकस्मात मन्त्री बङ्गलामुखी क्षेत्रमा आएपछि सर्वसाधारण र जनप्रतिनिधिसमेत अच्चम्मित भए । आफ्नै टोल र चोकमा आइपुग्नुभएका मन्त्रीसँग समस्या, पीडा र अपेक्षाहरु प्रत्यक्ष राख्न पाउँदा उनीहरु प्रफुल्लित भए । “पहिला मन्त्री भेट्न सिंहदरबार जानुपथ्र्यो, तर अहिले मन्त्री नै जनता भेट्न घरदैलोमा आउनुभयो”, स्थानीय प्रणव श्रेष्ठले भन्नुभयो, “नागरिक सरकारको साँच्चिकै अनुभूति भयो । यसरी नागरिकले मन्त्रीलाई प्रत्यक्ष भेटर घर टोलमै समस्या राख्ना पाउनु राम्रो हो ।”

बङ्गलामुखी क्षेत्रको गुठीमा योमरी पुन्हीको परिकार पकाउने काममा व्यस्त स्थानीय रेणु महर्जनले एक्कासी सञ्चारमन्त्री देखेपछि दङ्ग हुनुभयो । काम गरिरहेकै स्थानमा मन्त्री आएर कुराकानी गर्दा महर्जनको मुहारमा खुसी देखिन्थ्यो । “मन्त्रीलाई प्रत्यक्ष भेट्न पाउँदा असाध्यै खुसी लागेको छ । यसरी कोही पनि मन्त्री आएका थिएनन्”, महर्जनले भन्नुभयो । सँगै काम गरिरहेकी सन्तु महर्जनलाई पनि मन्त्री भेट्दा पाउँदा औधी खुसी हुनुहुन्थ्यो ।

सिँढीमा घाम तापिरहनुभएका ८७ वर्षीय बाबुलाल महर्जनले मन्त्रीलाई आफ्नै घरमा भेटेर मन्त्रीसँग भलाकुसरी गर्न पाउँदा अनौठो लागेको बताउनुभयो । पहिला मन्त्रीहरु ठूलो पल्टिएर हिँड्ने गरेको अनुभव सुनाउँदै स्थानीय महेन्द्र महर्जनले यसरी मन्त्री घरघरै आएर जनतासँग भलाकुसारी गर्दा खुसी लागेको बताउनुभयो ।

“सिंहदरबारभित्र सबै नागरिक पुग्न सक्दैनन् । मन्त्री भेट्न सबैका लागि सजिलो हुँदैन । त्यसैले सरकार नागरिक कहाँ पुग्नुपर्छ”, मन्त्री खरेलले भन्नुभयो, “कार्यक्रमको आवरणविना, औपचारिकताविनै जब मन्त्री नागरिकको बिचमा पुग्छ, तब मात्र देशका वास्तविक समस्या, पीडा र अपेक्षा बुझ्न सकिन्छ ।”

मन्त्री खरेलले नागरिक सरकारसँँग केही माग मात्रै गर्न खोजिरहेका हुँदैनन् बरु उनीहरुसँग समाधानका सुझाव हुन्छन् भन्दै ती सुझाव सुन्ने साहस र समय सरकारसँग हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो नागरिक सरकार हो । सरकार सिंहदरबारमा मात्र सीमित छैन–सरकार त गाउँ–बस्ती, टोल–चोक र श्रमिकको पसिनामा छ । सिंहदरबार नै सरकार हो भन्ने भ्रम तोड्न अब सरकार आफैँ नागरिक कहाँ जानुपर्छ ।”

सञ्चारमन्त्री खरेलले मन्दिर दर्शनपछि स्थानीय समुदायसँग साक्षात्कार गर्नुभएको हो । उहाँले वडा ११ को कार्यालयमा जनप्रतिनिधि र सर्वसाधारणसँग सरकारले गर्नुपर्ने दायित्वबारे सुझाव लिनुभयो । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान नागरिक सरकारले नागरिककै मुद्दा, सुझाव र सरकारले गर्नुपर्ने दायित्वका बारेमा सरकार जनताको घरदैलोमा पुगिरहेको छ ।

ललितपुर महानगरपालिका–११ का कार्यवाहक वडाध्यक्ष जुवन तण्डुकारले सङ्घीय मन्त्रीले स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग साक्षात्कार गरेर जनताको नजरमा उदाहरणीय कार्य गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले बङ्गलामुखी क्षेत्रको सडक गल्लीको तार व्यवस्थापन र सञ्चार सेवालाई प्रभावकारी बनाउन सञ्चारमन्त्रीसमक्ष माग गर्नुभयो । वडा सदस्य सचिना परियारले जनताको घरदैलोमा पुगेर मन्त्रीले जनताको गुनासो सुन्ने र सुझाव ग्रहण गर्नु प्रसंशनीय कार्य भएको बताउनुभयो ।

ललितपुर मात्र नभइ देशभरका टोल–छिमेक र समुदायमा पुगेर नागरिकका आवाज सुन्नु र तिनलाई नीतिमा रुपान्तरण गर्नु नै सरकारको दायित्व भएको मन्त्री खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको साथ, सुझाव र विश्वासले अझै राम्रो काम गर्न प्रेरित बनाएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ