2026-10-04 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

‘दसैँ-तिहारको बिदालाई सिर्जनशील बनाउऔँ’

टीकापुर | कैलालीका विद्यार्थीहरू दसैँतिहार बिदालाई सिर्जनशील बनाउने तयारीमा छन् । लामो समय हुने बिदामा कक्षामा हुने औपचारिक सिकाइ बन्द भए पनि अनौपचारिक सिकाइका लागि सिर्जनशील काममा लाग्ने उनीहरूको योजना छ । यस अवधिमा व्यवहारिक ज्ञान सिक्नुका साथै खेल, सङ्गीत, मनोरञ्जनमा समय बिताउने तयारीमा रहेको विद्यार्थीहरू बताउँछन् ।

PRASIT-O-GRAPHS

विज्ञान विषयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी कृष्टिनी पोखरेल दसैँमा नयाँ काम सिक्ने, सामाजिक काममा सहभागी हुने, ज्ञानमूलक चलचित्र हेर्ने, नयाँ पुस्तक पढ्ने तयारी रहेको बताउनुहुन्छ । “गृहकार्यसँगै टोल विकास संस्थामार्फत समाजमा हुने हरेक कार्यमा सहभागी हुनेछु । आमाले लैङ्गिकता बुझाउने फिल्म देखाउछु भन्नुभएको छ । यसपटक मदन पुरस्कार विजेता पुस्तकसहित चार थान नयाँ पुस्तक पनि किनेको छु । त्यही अध्ययन गर्छु”, उहाँले भन्नुभयो ।

विद्यार्थी नेहा उपाध्याय पनि पढाइलाई सिर्जनशील बनाउने र दसैँ तिहारबारे ज्ञान लिने बताउनुहुन्छ । “यसपटक मैले अभिभावकसंँग नवमीको विशेषता, टीका जमराको महत्त्वबारे ज्ञान लिनेछु”, उहाँले भन्नुभयो, “किताबमा पढेका तर व्यवहारिक अभ्यास नगरेका आफूलाई रुचि लागेका केही काम सिक्ने योजना पनि बनाएकी छु ।”

दसैँतिहारको लामो छुट्टी विद्यार्थीका लागि कक्षा कोठामा सिकेका र छुटेका कुराहरू सिक्ने अवसर पनि हो । साथीसङ्गी, परिवार र आफन्तसँग रमाउनुका साथै सिकेका कुरालाई पुनरावलोकन गर्ने, अझ मजबुत गर्ने र जीवनोपयोगी सीप सिक्न समय पनि हो यो ।

विद्यार्थी भरना ढुङ्गाना आफू पनि पढ्ने र भाइबहिनीलाई गृहकार्य गराउने, घरको काममा सघाउने र सिक्ने योजना रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक महिना भनेको पर्याप्त समय हो । यो समयमा आफन्त भेटघाटका लागि पनि समय छुट्याएको छु । त्यसबाहेक भान्छामा सिकाइ र नयाँ कुरा सिक्न समय खर्चिरहेको छु ।”

कर्णाली मावि टीकापुरका शिक्षक यज्ञ विश्वकर्मा चाडपर्वको लामो बिदालाई मनोरञ्जनमा मात्रै सीमित नगरेर नयाँ कुरा सिक्ने अवसरका रूपमा लिनुपर्ने सुझाव दिनुहुन्छ । यसबेला पारिवारिक जमघट हुने भएकाले आफन्तसँग भेटघाट, सांस्कृतिक ज्ञान आदानप्रदान र आफूमा भएको प्रतिभा सिक्नेगरी योजना बनाउनुपर्नेमा उहाँको जोड छ । “दसँैतिहारको बिदालाई मनोरन्जन, घुमघाम गर्दै आफूलाई मन लागेको सीप सिक्ने, पढाइलाई थप सुधार गर्ने र दिइएका गृहकार्य आफ्नै प्रयासले गर्ने गरे बिदाको सदुपयोग हुन्छ”, शिक्षक विश्वकर्माले भन्नुभयो ।

कर्णाली मावि टीकापुरले विद्यार्थीसँगै अभिभावकलाई पनि बिदाको समयमा पढाइसँगै बालबालिकालाई घरायसी र सामाजिक काममा सक्रिय गराउन पत्रसमेत पठाएको जनाएको छ । प्रधानाध्यापक धर्मराज शर्माले भन्नुभयो, “साना कक्षाका बालबालिका एक महिनापछि पढेका सबै कुरा बिर्सिएर आउने भएकाले यसपटक अभिभावक बोलाएर घरमा अध्ययनका लागिसमेत समय दिन अनुरोध गरेका छौँ । सामाजिक सञ्जालको प्रयोगबाट टाढा राख्न खेतबारी र प्रकृतिसँग रमाउने वातावरण बनाउन तथा सांस्कृतिक ज्ञानका लागि सहजीकरण गर्न भनेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर