पर्वत । विगत केहि वर्ष अघि सम्म प्रत्येक ठाउँमा छ्याप्छ्याप्ती देखिने लिङ्गे पिङ पछिल्लो समय दुर्लभ बनेका छन् । जिल्लाको सदरमुकाम देखि एउटै गाविसमा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै ग"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । विगत केहि वर्ष अघि सम्म प्रत्येक ठाउँमा छ्याप्छ्याप्ती देखिने लिङ्गे पिङ पछिल्लो समय दुर्लभ बनेका छन् । जिल्लाको सदरमुकाम देखि एउटै गाविसमा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै ग"/>
२०८३, २३ जेष्ठ शनिबार
पर्बत - PBT

पर्वतमा लिङ्गे पिङ लोप हुँदै

२०७४, १६ आश्विन सोमबार १०:५८

पर्वत । विगत केहि वर्ष अघि सम्म प्रत्येक ठाउँमा छ्याप्छ्याप्ती देखिने लिङ्गे पिङ पछिल्लो समय दुर्लभ बनेका छन् । जिल्लाको सदरमुकाम देखि एउटै गाविसमा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै गएको हो ।

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा अहिले एउटापनि लिङ्गेपिङ स्थापना गरिएको छैन भने ग्रामीण क्षेत्रमा समेत निकै न्यून मात्रामा पिङ्गहरु राखिएका छन् । पहिले पहिले गाउँमा युवाहरु हुन्थे, बाबियो हुन्थ्यो र ठाउँ ठाउँमा पिङ हालिन्थ्यो तर अहिले न गाउँमा युवा छन् न बाबियोनै त्यसैले यस वर्षपनि पिङ्ग स्थापना नगरिएको पर्वतको ठुलीपोखरीका राजुकुमार सापकोटाले बताउनुभयो ।

गत वर्षसम्म सदरमुकाममा सशस्त्र प्रहरी बलको चण्डिका गणले नागरिकका लागि पिङ्ग स्थापना गरिदिको भएपनि यस वर्ष बाबियो, बाँस लगायतको अभावका कारण स्थापना गरिदिएको छैन । त्यसले गर्दा सदरमुकामबासीहरु पनि दशैमा पिङ्ग खेल्नबाट बञ्चिन बनेका हुन् । दक्षिण पर्वतका विहादि, महाशिला, र फलेवासका एकाध ठाउँमा पिङ्ग राखेको भएपनि विगतका बर्षहरुमा जस्तो धेरै ठाउँमा नराखिएको पाइएको स्थानियले बताएका छन् ।

पिङ्ग स्थापना गर्नका लागि घाँस जातीको बाबियो र वाँस आवश्यक पर्छ । पछिल्लो समय पशुपालनमा युवाहरुको कम आकर्षण भएकाले बाबियो समेत लोप हुँदै गएको छ । यस वर्ष पिङ्ग राखेका ठाउँहरुमा पनि प्लाष्टिक तथा जुटका डोराबाट निर्मित लठ्ठा प्रयोग गरिएको पाइएको छ ।

पछिल्लो समय बढ्दो मात्रामा भित्रिएको इन्टरनेटको प्रयोग सञ्चारको पहुँच, युवा पलायन जस्ता कारणले दशैमा पिङ्ग हाल्ने, खेल्ने र मनोरञ्जन लिने संस्कृति लोप हुँदै गएको समाजसेवी मानकुमारी गिरीको भनाई रहेको छ । ग्रामीण भेगका केहि ठाउँमा पिङ्ग हाल्ने चलन भएपनि शहरी क्षेत्रमा भने पुर्ण रुपमा हटिसकेको उनको भनाई रहेको छ ।

यस्ता संस्कृतिलाई जगेर्ना गर्दै जानुपर्ने सर्वसाधारणको भनाई रहेको छ । हिन्दु नेपालीहरुको महान पर्व दशै, तिहार लगायतका पर्वको सम्वद्र्धन र प्रवद्र्धनमा सवै एकजुट भएर लाग्नुपर्ने विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली