पर्वत । विगत केहि वर्ष अघि सम्म प्रत्येक ठाउँमा छ्याप्छ्याप्ती देखिने लिङ्गे पिङ पछिल्लो समय दुर्लभ बनेका छन् । जिल्लाको सदरमुकाम देखि एउटै गाविसमा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । विगत केहि वर्ष अघि सम्म प्रत्येक ठाउँमा छ्याप्छ्याप्ती देखिने लिङ्गे पिङ पछिल्लो समय दुर्लभ बनेका छन् । जिल्लाको सदरमुकाम देखि एउटै गाविसमा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै ग"/>
१ पुष २०८२, मंगलवार
पर्बत - PBT

पर्वतमा लिङ्गे पिङ लोप हुँदै

१६ आश्विन २०७४, सोमबार १०:५८

पर्वत । विगत केहि वर्ष अघि सम्म प्रत्येक ठाउँमा छ्याप्छ्याप्ती देखिने लिङ्गे पिङ पछिल्लो समय दुर्लभ बनेका छन् । जिल्लाको सदरमुकाम देखि एउटै गाविसमा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै गएको हो ।

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा अहिले एउटापनि लिङ्गेपिङ स्थापना गरिएको छैन भने ग्रामीण क्षेत्रमा समेत निकै न्यून मात्रामा पिङ्गहरु राखिएका छन् । पहिले पहिले गाउँमा युवाहरु हुन्थे, बाबियो हुन्थ्यो र ठाउँ ठाउँमा पिङ हालिन्थ्यो तर अहिले न गाउँमा युवा छन् न बाबियोनै त्यसैले यस वर्षपनि पिङ्ग स्थापना नगरिएको पर्वतको ठुलीपोखरीका राजुकुमार सापकोटाले बताउनुभयो ।

गत वर्षसम्म सदरमुकाममा सशस्त्र प्रहरी बलको चण्डिका गणले नागरिकका लागि पिङ्ग स्थापना गरिदिको भएपनि यस वर्ष बाबियो, बाँस लगायतको अभावका कारण स्थापना गरिदिएको छैन । त्यसले गर्दा सदरमुकामबासीहरु पनि दशैमा पिङ्ग खेल्नबाट बञ्चिन बनेका हुन् । दक्षिण पर्वतका विहादि, महाशिला, र फलेवासका एकाध ठाउँमा पिङ्ग राखेको भएपनि विगतका बर्षहरुमा जस्तो धेरै ठाउँमा नराखिएको पाइएको स्थानियले बताएका छन् ।

पिङ्ग स्थापना गर्नका लागि घाँस जातीको बाबियो र वाँस आवश्यक पर्छ । पछिल्लो समय पशुपालनमा युवाहरुको कम आकर्षण भएकाले बाबियो समेत लोप हुँदै गएको छ । यस वर्ष पिङ्ग राखेका ठाउँहरुमा पनि प्लाष्टिक तथा जुटका डोराबाट निर्मित लठ्ठा प्रयोग गरिएको पाइएको छ ।

पछिल्लो समय बढ्दो मात्रामा भित्रिएको इन्टरनेटको प्रयोग सञ्चारको पहुँच, युवा पलायन जस्ता कारणले दशैमा पिङ्ग हाल्ने, खेल्ने र मनोरञ्जन लिने संस्कृति लोप हुँदै गएको समाजसेवी मानकुमारी गिरीको भनाई रहेको छ । ग्रामीण भेगका केहि ठाउँमा पिङ्ग हाल्ने चलन भएपनि शहरी क्षेत्रमा भने पुर्ण रुपमा हटिसकेको उनको भनाई रहेको छ ।

यस्ता संस्कृतिलाई जगेर्ना गर्दै जानुपर्ने सर्वसाधारणको भनाई रहेको छ । हिन्दु नेपालीहरुको महान पर्व दशै, तिहार लगायतका पर्वको सम्वद्र्धन र प्रवद्र्धनमा सवै एकजुट भएर लाग्नुपर्ने विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता