२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल

१६ मंसिर २०८२, सोमबार १८:०८

काठमाडौँ | नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको आत्मसम्मान र स्वाधीताका निम्ति वामपन्थीहरु एक हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी केशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित ‘पार्टी एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उहाँले मुलुक अहिले सङ्कटमा रहेको र नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न नेपाली सेना र नेपाल प्रहरीले मात्र गर्न नसक्ने भन्दै सम्राज्यवादलाई परास्त गर्न सबै नेपाली फौजी जस्तो बन्नुपर्ने धारणा राख्नुभयो ।

संयोजक दाहालले संस्थालाई जोगाउन राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूहरुले पनि सहमति दिएको बताउनुभयो । उहाँले आफूहरुलाई सच्चिनका लागि जेनजी आन्दोलनले सचेत बनाएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा दलहरुले एकता र विभाजनको पीडा भोगिसकेको स्मरण गराउनुभयो । जेनजी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्न, नेपाली जनतालाई बलियो बनाउन, सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न १६ वटा कम्युनिष्ट पार्टीहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको उहाँको भनाइ थियो । उहाँले सरकारले तोकिएकै समयमा निष्पक्ष, धाधलीरहित, स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण तयार गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीको पहिचान र स्वाधीनतालाई रक्षा गर्न वामपन्थीहरु एक भएको बताउनुभयो । उहाँले कम्युनिष्टहरुको क्रान्तिकारी चरित्र जोगाउन पार्टीहरुलाई एकीकरण गरेको धारणा राख्दै नेपाली सभ्यता, संस्कृति, सामाजिक न्याय र समानुपाति प्रणालीलाई जोगाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उक्त पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न समयमा कम्युनिष्टहरुको सरकार बने पनि नेपाली जनताको सर्वोच्च हितमा काम गर्न नसकेको धारणा राख्दै आफ्नो पार्टीले निर्वाचनबाट बहुमत ल्याउन सक्यो भने भूमि सुधार आयोग, कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण गरी रोजगार सृजना गर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेता नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई रक्षा गर्न, सुदृढीकरण गर्न र संविधानमा रहेका कमीकमजोरीलाई परिमार्जन गर्न आफ्नो पार्टी दृढ सङ्कल्पित रहेको बताउनुभयो ।

नेता डा भीम रावलले मुलुकमा समृद्धि र आर्थिक विकासमा आफ्नो पार्टी प्रतिबद्ध रहेको चर्चा गर्नुभयो । पार्टी एकता सन्देशसभाका संयोजक हरिबोल गजुरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीमा आबद्ध सरिता थापा, गोपाल किराँती, राजेन्द्र श्रेष्ठ र रुपेश खतिवडालगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु यस्तो छ आजको मौसम पूर्वानुमान