2026-11-28 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह अरूलाई देखाउन होइन, एकअर्काका लागि हो : गृहमन्त्री गुरुङ

2026-11-28

काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्ने घोषणा गरेका छन्। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षद सभालाई सम्बोधन गर्दै उनले विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकसरह सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका हुन्। आफ्नो समुदायका माझ पहिलो पटक विवाहको मिति सार्वजनिक गर्न पाउँदा खुसी र गर्व लागेको बताउँदै गृहमन्त्री गुरुङले विवाहमा मौलिक कला, संस्कृति, भेसभुसा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे।

पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति जोगाएर आगामी पुस्तालाई हस्तान्तरण गर्नकै लागि विवाह स्थलका रूपमा गोरखा रोजेको उनको भनाइ छ। ‘आफ्नो समुदाय, इतिहास, पुर्खा र गाउँ ठाउँ बिर्सेर नयाँ शैलीमा विवाह गर्ने मेरो सोच छैन,’ उनले भने, ‘आफ्नो देशको इतिहास, परम्परा र जातीय पहिचान जोगाउन गोरखा रोजेको हुँ।’विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले ऋण लिएर भव्य भोजभतेर र तामझाम गर्ने मानसिकता गलत भएको टिप्पणी गरे। ‘विवाह एक अर्काका लागि हो, अरूलाई देखाउन होइन। दुःख–सुखमा साथ दिने श्रीमान्–श्रीमती र परिवारले नै हो,’ उनले भने, ‘त्यसैले अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन।’

पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था भए पनि परम्परागत शैलीमै विवाह गर्ने आफ्नो र हुनेवाला श्रीमती दुवैको इच्छा रहेको उनले सुनाए । समारोहलाई निकै सीमित र सामान्य बनाइने भएकाले सबैलाई निमन्त्रणा गर्न नसकिने जानकारी दिँदै उनले विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत सीमित व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको बताए। यस विवाहले गोरखाको स्थानीय कला–संस्कृति, होमस्टे र हिमाली पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गृहमन्त्री गुरुङले व्यक्त गरे। ‘गृहमन्त्री भएको बेला पार्टी प्यालेसमा गएर आफ्नो खुसीका लागि मात्रै विवाह गर्न सकिन्थ्यो होला, तर समुदाय र गाउँ ठाउँको पहिचान पनि जोगिनुपर्छ,’ उनले भने, ‘त्यो ठाउँमा पर्यटक आउने वातावरण बनोस् र भविष्यमा ‘वेडिङ डेस्टिनेसन’का रूपमा विकास होस् भन्ने मेरो चाहना छ।’

सम्बोधनका क्रममा उनले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्‍याएको योगदानको स्मरण गर्दै देश–विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति आभार व्यक्त गरे। साथै, विगतमा काठमाडौँमा सात महिनासम्म चलेको ‘घोपा आन्दोलन’ का क्रममा पूर्वी नेपालका नागरिकले दिएको निरन्तर साथ कहिल्यै बिर्सन नसक्ने उनले बताए। आफू कठिन परिस्थितिमा पर्दा तथा विभिन्न आरोप र आलोचना खेप्दा पनि समाजले साथ दिएको उल्लेख गर्दै उनले समुदायले सिकाएको देश प्रेमको पाठ आगामी पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिए। ‘आफ्नो पार्टीको झन्डाभन्दा देश माथि छ भन्ने पाठ हाम्रो समाजले सिकाएको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारत भ्रमणमा सीमा विवादलाई प्राथमिकता नदिएको भन्दै कांग्रेसले माग्यो सरकारसँग जवाफ सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहारको आरोपमा उपत्यकाबाट १२१ जना पक्राउ विवाह अरूलाई देखाउन होइन, एकअर्काका लागि हो : गृहमन्त्री गुरुङ झारफुकका नाममा १४ वर्षीया किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ कांग्रेसको नाम, झन्डा र रूख चिह्न दुरुपयोग गर्नेलाई कानुनी कारबाही गर्ने निर्णय खसीको मासु भन्दै बाख्रीको मासु बेच्न खोजेको आरोपमा टुकुचाबाट ८ जना पक्राउ गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन हामीलाई झोले होइन, खराने र घण्टे भन्न थाले : रवि लामिछाने प्रदीप पौडेलको आग्रह: पार्टी एकताबद्ध बनाउँदै जनताका मुद्दामा कांग्रेस अगाडि बढ्नुपर्छ कांग्रेस महाधिवेशन: देउवा समूहबाट महामन्त्रीमा मोहनबहादुर बस्नेतको उम्मेदवारी घोषणा रवि लामिछानेको प्रतिबद्धता: रास्वपालाई मत नदिए पनि कर्णालीको विकास गर्छौं नारायणगढ–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने, मंसिर १३ देखि लागू कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई