Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६५५ मा कारोबार भएको थियो ।