२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल

१९ मंसिर २०८२, बिहीबार १६:४५

काठमाडौँ | काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को) सँग बुढानीलकण्ठ विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिएको सो नगरका प्रमुख मीठाराम अधिकारीले बताउनुभयो । नगरको १२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अधिकारीले नेपाल सरकारको सम्बन्धित निकाय र पक्षसँग सो विषयमा विभिन्न चरणमा कुरा भएको जनाउनुभयो । उहाँले अधिग्रहण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन पालिका सक्रिय भएको बताउनुभयो ।

प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकूदलाई प्राथमिकता दिइएको र शिक्षा क्षेत्रको बजेट बढाएर रु १३ करोडसम्म पु-याइएको जनाउँदै कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको बताउनुभयो । सो पालिकाले ४ जिपिए ल्याउने सामुदायिक विद्यालयलाई रु पाँच लाख र विद्यार्थीलाई रु एक लाख पुरस्कार दिँदै आएको जनाएको छ । नगरपालिकाले नगर अस्पतालबाट दैनिक ३०० भन्दा बिरामीको उपचार गर्दै आएको छ ।

स्थापना दिवसका अवसरमा बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले विकास, सुशासन र सेवा प्रवाहमा बुढानीलकण्ठ नगरपालिकाले गरेको कामप्रति प्रशंसा व्यक्त गर्नुभयो । नगरका उपप्रमुख अनिता लामाले जनताले पाउने सेवालाई परिणामुखी बनाउन कर्मचारी संयन्त्रले राम्रो काम गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु यस्तो छ आजको मौसम पूर्वानुमान