2026-09-12 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल

काठमाडौँ | काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापू दिवसलाई यस समुदायको पहिचान र अस्तित्वसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभएको छ ।

बाइसौँ ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले ज्यापू समाजको पहिचान र अस्तित्वको संरक्षण एवं प्रवर्द्धन सरकारको दायित्व भएको स्मरण गराउनुभयो । यस दिवसले ज्यापूहरुको मेहनत, माटो र सांस्कृतिक पहिचान दर्शाइरहेको उहाँको भनाइ छ ।

“यःमरि केवल परिकार होइन, हाम्रो समृद्धि, उब्जनी र परिवारको एकताको प्रतीक हो”, समारोहमा शुभकामना व्यक्त गर्दै उपप्रमुख डङ्गोलले भन्नुभयो, “ज्यापू दिवस र यस पर्व परम्परा मात्र होइन हाम्रो पहिचान हो । विभिन्न जात्रा र पर्वहरुलाई परम्परा मात्र होइन अस्तित्वका रुपमा लिनुपर्छ ।” उहाँले नयाँ धान घरभित्र भित्र्याई बनाइने परिकार यःमरिको सांस्कृतिक र सामाजिक पक्षबारे चर्चा गर्नुभयो । यःमरि पुन्हि र ज्यापू दिवस माटोसँगको प्रतिज्ञा र भूमिप्रति सम्मान प्रकट गर्ने अवसर भएको उपप्रमुख डङ्गोलले बताउनुभयो । यस चाडका सांस्कृतिक महत्वसँगै दार्शनिक मूल्यलाई उजागर गर्नुपर्नेमा उहाँको जोड थियो ।

कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहले नेपालमा विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने धेरै सांस्कृतिक सम्पदाहरू रहेको उल्लेख गर्दै तिनको संरक्षणमा मौलिक सङ्गीत, चाडपर्व र परम्परागत पूजा विधिले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले २०६७ सालमा अभौतिक सम्पदाको संरक्षणका लागि राष्ट्रिय सांस्कृतिक नीति ल्याइएको स्मरण गर्दै काठमाडौँ महानगरभित्रका ६३ गुठीका लागि आर्थिक वर्ष २०५७÷५८ मा प्रदान गरिएको अनुदानबाट कोष स्थापना भएको जानकारी दिनुभयो ।

वसन्तपुर दरबार स्क्वायरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो । यस दिवसका अवसरमा ¥याली कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन