२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड

२३ मंसिर २०८२, सोमबार १५:२३

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्नेमा सो पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत नेताहरुले जोड दिनुभएको छ ।

महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको हालसम्मको योगदानलाई सम्मान गर्दै पार्टीलाई थप लोकतान्त्रिक र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने बताउनुभयो । अर्का उपाध्यक्ष पाण्डेले आफहूहरुका तर्फबाट महाधिवेशनमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा उम्मेदवार बन्ने र अन्य पदाधिकारीको उम्मेदवारीबारे सरसल्लाह भइरहेको जानकारी दिनुभयो ।

पार्टीका स्थायी कमिटीका सदस्य कर्ण थापाले पार्टीलाई व्यक्तिवादी र एकाधिकारवादी सोचबाट अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक भएको तथा विधानबाट दुईवर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाउन नहुने राख्नुभयो । नेताहरु परशुराम मेघी गुरुङ र विनोद ढकालले पनि पार्टीभित्र जनताको बहुदलीय जनवादको मान्यताबमोजिम अन्तरपार्टी लोकतन्त्रलाई स्थापित गर्न माग गर्नुभयो । एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँ उपत्यकामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ