2026-09-12 07:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो ३५ वर्षको अनुभवलाई प्राधिकरणको श्रीवृद्धिमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनः बहाली भएपछि आज रत्नपार्कस्थित प्रधानकार्यालयमा जिम्मेवारी सम्हाल्दै उहाँले ऊर्जा क्षेत्रको विकासमा आफ्नो क्षमता, दक्षता र योग्यताअनुसार पारदर्शी र नतिजामुखी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

“प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक एवं हालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र मेराबीच ऊर्जा क्षेत्रको प्रवर्द्धनका सम्बन्धमा धेरै समानता छन् । ऊर्जा क्षेत्रमा चुनौती ठूला छन्, आगामी दिनमा त्यसलाई समाधान गर्न सकिन्छ”, कार्यकारी निर्देशक शाक्यले भन्नुभयो, “ऊर्जामन्त्रीले अन्य क्षेत्र पनि हेरिरहनुभएको छ, ऊर्जा क्षेत्रमा निर्धक्क हुनुभए हुन्छ, म पूर्ण क्षमताले काम गर्छु, प्राधिकरणको सिङ्गो टिमलाई साथमा लिएर अघि बढ्छु ।”

ऊर्जा क्षेत्र अर्थतन्त्रको ‘ड्राइभर’ भएको उल्लेख गर्दै कार्यकारी निर्देशक शाक्यले यही क्षेत्रको विकासमार्फत मुलुकको अर्थतन्त्र उकासिने विश्वास व्यक्त गर्नुभयो । ट्रकलाइन र डेडिकेटेड लाइनको बक्यौता उठाउने सरकारको निर्णयलाई आफूले उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “यो संस्थागत निर्णय हो, बक्यौता उठाउँछौँ, प्राधिकरणले गर्ने सबै काम गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन