२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल

२०८२, २५ मंसिर बुधबार १५:१३

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

सञ्चारिका समूह नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘लैङ्गिक हिंसा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरूको दोहोरो जिम्मेवारी रहने बताउनुभयो । महिला साथीहरूको दोहोरो जिम्मेवारी रहने बताउँदै उहाँले ‘पहिला आफू सुरक्षित रहने’ र ‘यस क्षेत्रलाई सुरक्षित राख्ने’ रहेको उल्लेख गर्नुभयो ।

“पहिला आफू सुरक्षित रहँदै यस क्षेत्रलाई पनि सुरक्षित राख्ने दायित्व महिला पत्रकारहरूमाथि छ । त्यसैले हाम्रा सामग्री, समाचार र विषयवस्तु र पैरवीहरू डिजिटल हिसाबबाट मुक्त गर्ने किसिमका हुनुप¥यो”, सञ्चारमन्त्री खरेलले भन्नुभयो । अहिले लैङ्गिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसाविरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उहाँले उल्लेख गर्नुभयो ।

“तपाईँ परिवारमाझ हुनुहुन्छ, आफू सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाईँको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले असुरक्षित महसुस गराउनसक्छ । त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ । प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सही सदुपयोग गरिनुपर्छ”, मन्त्री खरेलले भन्नुभयो ।

मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसात् गर्दै समानताको बाटोमा अघि बढिरहेको बताउँदै आज हरेक हिसाबले महिलाहरू राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठामा आइराख्दा यसले सकारात्मक अर्थ र परिणाम दिएको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको प्रसङ्ग जोड्दै संयोगले त्यो भेटघाट भएको बताउनुभयो । भेटका क्रममा दुई ऐतिहासिक व्यक्तित्वसँग अन्तरङ्ग कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो ।

भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले ‘जगदीशजी तपाईँहरू पुरुष, हामी महिला । तपाईँहरूले एउटा सिन्को भाच्दा, हामीले तीनवटा भाच्नुपर्छ । हामी त्यति सङ्घर्ष गरेर आएका छौँ, त्यो नेपाली महिलाहरूले आफ्नो करियरका लागि सङ्घर्षको प्रतिक हो’ भन्नुभएको प्रसङ्ग मन्त्री खरेलले कार्यक्रममा सुनाउनुभयो । “आज जो जति महिला पत्रकारहरूले सङ्घर्ष गरेर यहाँसम्म आउनुभएको छ, तपाईँहरूको सङ्घर्ष नेपाली सञ्चारमाध्यमका लागि अनुपम, अद्धितीय र विशेष छ”, उहाँले भन्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावनाअनुरुप सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न तीव्रताकासाथ काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार र अनियमिततासम्बन्धी ठूला प्रकृतिका २५ भन्दा बढी फाइल सरकारले अगाडि बढाइसकेको जानकारी दिनुभयो ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा बढिरहेको भन्दै यसको न्यूनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले लैङ्गिक हिंसा मानवअधिकारको बाधक भएको उल्लेख गर्नुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले डिजिटल हिंसाविरुद्ध सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) का अध्यक्ष रामकला खड्का, प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेलगायत वक्ताले कार्यस्थलको हिंसा कायमै रहेको बताउँदै डिजिटल हिंसा पनि बढिरहेको उल्लेख गर्नुभयो । यसको न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति