३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

२८ मंसिर २०८२, शनिबार १२:४७

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको छ ।

काठमाडौँ–२६ ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि शुक्रबार शान्ति विद्या गृह मावि लैनचौरमा ३२ थान र लोकहित आधारभूत विद्यालयमा १० थान कम्युटर हस्तान्तरण गरेको हो । कम्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले सामुदायिक विद्यालयको गुणस्तर उकास्नका साथै समय अनुकूलको प्रविधिमैत्री शिक्षालाई जोड दिन ४२ थान कम्युटर प्रदान गरिएको जानकारी दिनुभयो ।

“विद्यालयमा शैक्षिक सामग्री मात्र भएर हुँदैन यसलाई भरपुर प्रयोग गर्नुपर्छ, यी दुई विद्यालयलाई महानगरको मात्र नभई देशकै नमूना विद्यालय निर्माण गर्न वडाले सहयोग गर्छ”, उहाँले भन्नुभयो । सरकारी विद्यालय धेरै राम्रो छ भन्ने सन्देश दिन जरुरी रहेको उहाँको भनाइ थियो ।

शान्ति विद्या गृह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कामपा–२६ का पूर्ववडाध्यक्ष वर्षाराम भण्डारीले इतिहास बोकेको विद्यालयको शैक्षिक उन्नयनका लागि स्थानीय सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । शान्ति विद्या गृह माविका प्रधानाध्यापक विष्णुप्रसाद ढकालले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकारले गरेको प्रयासप्रति आभार प्रकट गर्दे राम्रो नतिजा दिने गरी विद्यालयले अध्यापन गराउने बताउनुभयो ।

विसं २००४ मा स्थापना भएको शान्ति विद्या गृहमा हाल एक हजार २०० विद्यार्थी अध्ययनरत छन् भने लोकहित आधारभूत विद्यालयमा १०६ विद्यार्थी अध्ययनरत छन् । काठमाडौँ–२६ ले गत भदौ ११ गते स्टार अफिस इन्टरनेशनलसँग सम्झौता गरी रु २७ लाख ७६ हजार २०० लागतमा दुई विद्यालयमा कम्युटर ल्याब स्थापना गरेको कामपा–२६ का वडा सचिव केदार रिमालले राससलाई जानकारी दिनुभयो । कम्युटर प्रदान कार्यक्रममा वडा सदस्य बाबुकाजी महर्जन, प्रवेश श्रेष्ठ र रुपा विकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन