काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५९ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार ७८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।