३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव

३ पुष २०८२, बिहीबार १३:४०

काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा भएको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा उपराष्ट्रपति यादवले गोरखापत्र बहसमार्फत नेपालको आर्थिक पुरुत्थान, लगानीसम्बन्धी बहस, भविष्यका विकास रणनीति, स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन, निजी क्षेत्रको आत्मविश्वासलगायत महत्वपूर्ण विषयमा छलफल हुनु सकारात्मक कदम भएको धारणा राख्नुभयो ।

“यो छलफल तथा विमर्श बहसले मुलकको समग्र अर्थतन्त्रको अवस्था, चुनौती र सम्भावनासहितको सरकारको प्रयास तथा निजी क्षेत्रको अपेक्षाको विश्लेषण गर्दै ठोस् निष्कर्षमा पुग्ने विश्वास लिएको छु, युवापुप्ता जेनजीको आन्दोलन पश्चात् नेपालको अर्थतन्त्र र नीतिगत सुधारका विषयमा छलफल हुने विश्वास छ । मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमाकाँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ”, उपराष्ट्रपति यादवले भन्नुभयो ।

उहाँले पारदर्शिता, सुशासन भ्रष्टाचारमुक्त समाज, सरल सार्वजनिक सेवा प्रवाह र देशभित्र रोजगारी सृजनाको मागसहित जेनजी आन्दोलन भएको उल्लेख गर्दै उक्त आन्दोलनपछि आगामी कार्यदिशाका बारेमा छलफल गर्न गोरखापत्रले आयोजना गरेको यो कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले गोरखापत्र इतिहासको जीवन्त दस्तावेज भएको भन्दै गोरखापत्रको योगदान राष्ट्रिय एकतामासमेत विशेष रहेको उल्लेख गर्नुभयो । बैंक तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको धारणा राख्नुभयो । उहाँले पत्रकारिताले नीति निर्माण तहसम्म जनताको आवाज पु¥याउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “निजी क्षेत्र आर्थिक क्षेत्र सबल बनाउने माध्यम हुन् । यसलाई पत्रकारिताले नीति निर्माणमा जनताको आवाज पु¥याउने गरी सहयोग गर्नुपर्छ ।”

नेपालको आर्थिक पुनरुत्थान, लगानी गर्ने वातावरण र भविष्यका विकास रणनीतिबारे उच्चस्तरीय राष्ट्रिय बहसका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकार भएका निकायका प्रतिनिधिबीच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरको पहिचान गर्ने उद्देश्यले गोरखापत्र संस्थानले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’ ललितपुरमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट