५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन

४ पुष २०८२, शुक्रबार ०८:३१

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सातै प्रदेशबाट उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ । जस अन्तर्गत ३५३ जनाले देशभरबाट उम्मेदवारी दिएका छन् ।

पार्टीका अनुसार प्रदेशगत रूपमा कोशी प्रदेशबाट ६० जना, मधेश प्रदेशबाट ६१ जना, बागमती प्रदेशबाट सबैभन्दा बढी ९४ जना, गण्डकी प्रदेशबाट ४३ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २१ जना र सुदूरपश्चिम प्रदेशबाट ३० जनाले समानुपातिकतर्फ उम्मेदवारी दिएका छन् ।

रास्वपाले गत संघीय निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा प्रदेशगत रूपमा बन्द सूचीमा समेटिने उम्मेदवारहरुको संख्या तय गर्दैछ । पार्टीका अनुसार बागमती प्रदेशबाट सबैभन्दा बढी ३० जना, लुम्बिनी प्रदेशबाट २१ जना, कोशी प्रदेशबाट २० जना, मधेश प्रदेशबाट १५ जना, गण्डकी प्रदेशबाट १३ जना, सुदूरपश्चिम प्रदेशबाट ७ जना र कर्णाली प्रदेशबाट ४ जना समानुपातिकको बन्द सूचीमा पर्नेछन् । जसको लागि क्रमश उम्मेदवारी दिएकाहरुले छनौट प्रक्रियामा भाग लिनु पर्नेछ ।

पार्टी नेतृत्वले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, समावेशी र योग्यता–आधारित हुने बताउँदै यस प्रक्रियाले पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । आन्तरिक निर्वाचन र छनौट प्रक्रियाको पारदर्शिताको लागि पार्टीले छुट्टै उम्मेदवार छनौट अडिट समिति समेत बनाएर काम गरिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको गत मङ्सिर २५ गते बसेको पार्टी सचिवालय बैठकले पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको प्राकृतिक आवश्यकता, उच्च संवाद समितिको तर्फबाट भइरहेको सम्भाव्य सहकार्य तथा एकता, साथै जेन–जी अगुवा र सरकारबीच भएको सम्झौतालाई समेत ध्यानमा राख्दै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारी दिने म्याद आगामी पौष ५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको थियो । तर पार्टीले पौष ३ गतेनै समानुपातिकतर्फ उम्मेदवारी दिने म्याद राखेर उम्मेदवारहरुको नाम समेत सार्वजनिक गरेको छ ।

समानुपातिक तर्फ उम्मेदवारी दिएकाहरुको बिरुद्ध दावी/बिरोध गर्न चाहे आजलाई समय दिईएको छ । त्यस्तै सनिबार सातै प्रदेशमा उम्मेदवारहरुसँग छलफल र अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसपछि उम्मेदवारहरुको लिडरसिप एकेडेमी, पोलीटिकल प्रोक्सिमिटि र समावेशिताको मापन हुनेछ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फ अन्तिम बन्द सुचीको लागि सदस्यहरुले उम्मेदवार छनौट गर्न आफ्नै एपबाट प्रारम्भिक निर्वाचनमा मतदान गर्नेछन् ।

अब पार्टीले प्रदेश अनुसार फरक फरक मितिमा छलफल‌ गर्दैछ । जसको लागि प्रदेश अनुसार स्थान र समय समेत निर्धारण भईसकेको छ । प्रक्रिया अन्तर्गत उम्मेदवारहरुले सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल