२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली

४ पुष २०८२, शुक्रबार १६:२६

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा असाधारण जिम्मेवारी रहेको बताउनुभएको छ । पार्टीको ११ औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ उक्त जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टीको ११औँ महाधिवेशन भव्यता र हरेक कोणबाट सफल भएको दाबी गर्नुभयो । उहाँले पार्टीभित्र समय समयमा केही समस्या देखिए पनि आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्नेमा सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

“हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीतिअनुसार अगाडि बढ्ने छौँ । बेतालमा, बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ”, अध्यक्ष ओलीको भनाइ थियो ।

उहाँले पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न र केही, असहमति र असन्तुष्टि भए नेतृत्वसमक्ष मौखिक वा लिखत रूपमा पेस गर्न आग्रह गर्नुभयो । “समाज र सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य छ । उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र तीमध्ये पनि अग्रदस्ताको रूपमा रहेको एमालेभित्र दृढ अनुशासन अपरिहार्य छ । यसमा हामी सबै जिम्मेवार ढङ्गले सचेत रहनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो,“एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी होइन । सामूहिक प्रयास र हितकाविरुद्ध मेरो निजी कुरा भनेर चल्न मिल्दैन । अब पार्टीको बैठक पनि अति अनुशासित रूपमा चल्ने छ ।”

एमालेकाविरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उहाँले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गर्नुभयो । अब एमालेभित्र कुनै गुट र प्यानल नभएको भन्दै अध्यक्ष ओलीले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

हाल देश अप्ठेरो अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो अप्ठेरोबाट सहज बाटोमा ल्याउने काम एमालेले नै गर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै